• TOKHA LIVE

    • २० पुष २०७७, सोमबार ००:४८

    टोखा नगरपालिका वडा नं २मा जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सम्मान गरियो।

    टाेखा लाइभ / नविना श्रेष्ठ
    पौष १९, २०७७

    टोखा नगरपालिका वडा नं २ काे आयोजनामा शनिबार जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई इलेक्ट्रोनिक मग र थर्मस दिएर सम्मान गरिएको छ। वडा २ का सदस्य पञ्चकुमारी श्रेष्ठको संयोजकत्वमा कार्यक्रम गरीएको र गत वर्षहरुमा जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई ओड्ने व्यांकेट र पछिल्लो वर्षमा ज्याकेट, सुइटर दिएको तर यो बर्ष कोभिड-१९ कोरोना भाइरस संक्रमण बढोस्थितीले गर्दा तातो पानी पिउँन सजिलो होस् भनि यो बर्ष इलेक्ट्रोनिक मग र थर्मस दिएको वडा नं २ का अध्यक्ष दिपक राज जोशीले जानकारी दिनुभयो।वहाँँले कोभिड-१९ लाई मध्यनजर गरी कार्यक्रम धेरै समय नलम्बाएको जोशीले बताए।

     

    वडा नं २ का सदस्य कार्यक्रमका संयोजक पञ्च कुमारी श्रेष्ठले आफू वडामा सदस्य चुनिएर आउनुमा यी जेष्ठ नागरिक हरूको साथ माया आशीर्वाद रहेको र हिजोको दिनमा टोखा यतिको विकास हुनुमा उहाँहरुको ठूलो योगदान र भूमिका रहेकोले यस्तो कार्यक्रम नगरी बस्न नसकेको तथा दिनकै भेट्न नसकेका आमा बुबा हरुलाई भेट्न पाउँदाको खुसी हुने वताउनु भयो।

     

    कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोल, वडा नं २ का सदस्य हेराकाजी डंगोल, सदस्य प्रतिमा हिङ्गमाग, वडा सचिव शालिग्राम गौतम, वडा २ का का.स पार्वती श्रेष्ठको उपस्थिति रहेको थियो।

     

     

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै