• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • १६ जेष्ठ २०७७, शुक्रबार १६:४१

    एक शब्दको फेसबुक कमेन्टले गयो एक प्रहरी अधिकृतको जागिर;-

    १६ जेष्ठ २०७७, शुक्रबार ।

    लुजियानाका एक प्रहरी अधिकृतले फेसबुकमा जातिबाद झल्कने कमेन्ट गरेका कारण उनलाई सेवाबाट बर्खास्त गरिएको छ । लुजियानास्थित क्याप्लन पुलिस डिपार्टमेन्टमा कार्यरत स्टेभन अक्वान नामका ती प्रहरी अधिकृतले राज्यका गभर्नरको कोरोना भाइरस सम्बन्धि नियमित प्रेस ब्रिफिङको प्रत्यक्ष प्रसारण गर्दै गरेको स्थानीय मिडियाको भिडियो न्युज फिडमा अक्वानले जातियता सम्बन्धि कमेन्ट गरेका थिए । उनले कोरोनाको कारण धेरै अश्वेत जातीको मृत्‍यु धेरै नहुनु बदुर्भाग्यपूर्ण’ भन्दै उक्त प्रत्यक्ष प्रसारणको न्युज फिडमा लेखेका थिए । गत मेई १५ तारिखको लुजियाना गभर्नरको प्रेश ब्रिफिङको प्रत्यक्ष प्रसारण गरिरहेको स्थानीय मिडिया ‘के एल एफ वाई’ को न्युज फिडमा कमेन्ट गरेका अक्वानलाई कमेन्ट गरेको केही घण्टा भित्रै सेवाबाट हटाईएको थियो । ‘अक्वानले मेई १५ तारिखको गभर्नर जोन बेल एडवार्डको प्रेस ब्रिफिङको भिडियोमा जातिबाद सम्बन्धि कमेन्ट गरेको कारण सेवाबाट हटाईएको डिपार्ट्मेन्ट प्रमुख जोसुवा हार्डिले पुष्टि गरेको एनबिसि न्युजले जनाएको छ ।

    अक्वानले उक्त प्रत्यक्ष प्रसारणको भिडियोमा कोरोना र अश्वेत मृत्‍युलाई जोडेर लेख्ने अर्को एक ब्यक्तीको कमेन्ट मुनी उक्त प्रहरी अधिकृतले कमेन्ट गरेका थिए । घटना पछि क्याप्लन पुलिस डिपार्ट्मेन्ट प्रमुख हार्डिले डिपार्ट्मेन्टको तर्फबाट माफी समेत मागेका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर

    पोर्चुगलमा बिस्केट जात्रा मनाइँदै

  • छुटाउनुभयो कि? सबै