• TOKHA LIVE

    • १८ पुष २०७७, शनिबार ०७:५४

    टोखा नगरपालिकामा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७५२ पुग्यो।

    टाेखा लाइभ / नविना श्रेष्ठ
    पौष १८,२०७७

    टोखा नगरपालिकामा थप २० जनामा कोरोना संक्रमण पुष्टिभए संगै संक्रमित संख्या ३७५२ पुगेको छ। कोरोना संक्रमित महिला सख्या १६४१ जना रहेको र पुरूष संख्या २१११ जना रहेका छन्। हाल सम्म सक्रिय संक्रमित को सख्या ९२ जना रहेका छन्। जस मध्ये निको भएका सख्या भने ३६५० जना रहेका छन्। कोरोना भाइरस कोभिड-१९ वाट मृत्यु हुनेको संख्या भने १० जना पुग्यो।

    पौष १७ गतेकाे नगरपालीकाकाे विवरण अनुसार संक्रमित महिला सख्या ९ जना रहेको र पुरूष संख्या ११ जना रहेका छन्। जम्मा संक्रमित सख्या २० जना रहेको छ। संक्रमण भएको संक्रमित होम आइसोलेसनमा बस्ने १९ जना रहेको र अस्पतालमा १ जना मात्र रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    संक्रमण भएको संक्रमित हाल सम्म PCR परीक्षण गरिसकेका हरुको सख्या भने ६७२२ रहेका छन्। जनसख्या ६.७८% छन्। पौष १७गते१४ जनाले PCR परिक्षण गरेका थिए। कुल सम्पर्कमा परिक्षण गरिरहेकाहरुको सख्या ४०१६ जना रहेका छन्। संक्रमित जनसख्या ३.७८% छन्। भने जम्मा कोभिड-१९ वाट संक्रमण भएका संक्रमित मध्ये निको भएका मानिसहरुको संख्या ९७.२८% रहेका छन्। हाल सम्म कोरोना भाइरस वाट संक्रमितको मृत्यु हुने काे दर ०.२७% रहेका छन्।
    CICT Team ले २० जनाको case Investigation गरेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै