टाेखा लाइभ / पुस१६ , २०७७
टाेखा नगरपालिकाको विशेष सहयोगमा टाेखा संस्कृति सम्पदा संरक्षण दबुको आयोजनामा संस्कृति संरक्षित क्षेत्र रहेको ऐतिहासिक बस्ती टाेखा नगरपालिका वडा २ र ३ मा भएको सम्पदा दिवस थिल्ला पुन्ही ( य:मरी पुन्हि ) को अवसरमा त्य:छीं त्य: ज्याझ्व: सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

त्य:छीं त्य: ज्याझ्व:को औपचारिक कार्यक्रममा प्रमुख अतिथि टाेखा नगरपालिका वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठ , अतिथि टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ , टाेखाका मुलनायो हेमराज श्रेष्ठ , टाेखा सरस्वती गाविस पुर्व अध्यक्ष नवराज श्रेष्ठ ,पर्यटन व्यवसायी जगदिश राजभण्डारी, बिष्णुुुमती करिडोर सराेेकार समितिका अध्यक्ष हरिदास श्रेष्ठ र आयोजक टाेखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोल र दबुका सदस्यहरु लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा टाेखा नगरपालिका वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठले पहिले टाेखामा य:मरी पुन्हिमा बालबालिकाहरु घरघरै योमरी माग्न आउथे टाेखा संस्कृति सम्पदा संरक्षण दबुको यो कार्यक्रमले त्य:छीं त्य: ज्याझ्व:य:मरी माग्ने लोपहुन लागेको यो परम्परा जोगिएकोमा खुशी लागेको बताउनुभयो।
टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले अहिले नेवार समुदायले आफ्नो मातृभाषा नेपाल भाषा नसिकेर खसभाषालाई अनुसरण गर्दै जादा नेवारको कला आफ्नै मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेकोले अब सम्बन्धित संघसंस्था मिलेर कुनै ठाेस कदम चाल्नुको विकल्प नभएको बताउनु भयो।

टाेखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोलले सम्पदा दिवस थिल्ला पुन्ही ( य:मरी पुन्हि) अवसरमा त्य:छीं त्य: ज्याझ्व:कार्यक्रम अब यहि परम्परा निरन्तर चल्दै जाने बताउदै यो त्य:छीं त्य: ज्याझ्व: आयोजना गर्दैगर्दा आफु बालक अवस्थामा योमरी माग्न गएको झलझली स्मरण गराएको बताए ।

त्य:छीं त्य: ज्याझ्व:को सांस्कृतिक कार्यक्रमलाई हेराकाजी श्रेष्ठले संञ्चालन गरेको कार्यक्रममा बालबालिकाहरुले त्य:छीं त्य: बकछी त्य: , सम्झना बिर्सना, शिरैमा शिर्बन्दी कानैमा मेरो झुम्का , कुतुम्ब, जोबनया रंग र स्वां ह्वल मुसुक्क गितमा कम्मर मर्काएका थिए ।

टाेखा संस्कृति सम्पदा संरक्षण दबुको त्य:छीं त्य: ज्याझ्व:
लाई टाेखा नगरपालिकाको विशेष सहयोग रहेको थियो ।भने टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समिति,टाेखा संस्कृति सम्पदा संरक्षण दबु मिसा कब:, नेवा: गूठी टाेखा , टाेखा खड्गी युवा समाज,टाेखा प्वं: खल:,र टाेखा परम्परागत चाकु संरक्षण समाज लगायतले सहकार्य र साथले त्य:छीं त्य: ज्याझ्व:सम्पन्न भएको यो कार्यक्रम अबका दिनमा पनि यस्तै साथ र सहयोग रहने छ भन्ने भरोसाका साथ कार्यक्रमलाई सफलपार्न सहयोग गर्ने सम्पुर्ण संघसंस्थालाई विशेष हार्दिक आभार व्यक्त गरेको आयोजकले बताए।

