• TOKHA LIVE

    • १५ पुष २०७७, बुधबार १४:२५

    टाेखा गणेश कुमारी पाटीको वडाध्यक्षद्वारा उद्घाटन सम्पन्न :

    टाेखा लाइभ / पुस १५,२०७७

    टाेखा नगरपालिका २ वडा स्थित तलेजु मन्दिर परिसरमा निर्मित गणेश कुमारी पाटीको आज एक कार्यक्रमका बिच प्रमुख अतिथि टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशीद्वारा गणेश कुमारी पाटी ( फल्चा) को उद्घाटन सम्पन्न भएको छ। गणेश कुमारी पाटीको उद्घाटन समितिका अध्यक्ष रमेश नापितको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले टाेखा नगरपालिका र विभिन्न संघसंस्था मार्फत १३ लाखको बजेटबाट गणेश कुमारी पाटी ( फल्चा) निर्माण भएको बताए । साथै उहाँले गणेश कुमारी पाटी ( फल्चा) विविध कारणले ढिलासुस्ती भएपनी मौलिक झल्कने गणेश कुमारी पाटी ( फल्चा) निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै टाेखा को गौरव गर्न लायक यो सम्पदा संस्कृति जगेर्ना गर्दै यस्लाइ प्रबर्द्धन संम्बर्दन गर्दै टाेखामा पर्यटक भित्र्याइ यहाँका बासिन्दाहरुलाइ आर्थिक उपार्जनमा अधिकतम संलग्न गराएर लैजानुपर्ने उहाँले बताउनुभयो।

     

     

    कार्यक्रममा टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशी , वडा सदस्य हेराकाजी डंगोल , कार्यक्रमको संयोजक तथा नेवा: गूठी टाेखा का अध्यक्ष रमेश नापित, मुलनायो हेमराज श्रेष्ठ लगायतले गणेश कुमारी पाटीको महिमाका बारेमा प्रकाश पार्नुभएको थियो ।

    गणेश कुमारी पाटीको उद्घाटन कार्यक्रममा गणेश कुमारी पाटीलाई बाद्य्यबादक कान्छा श्रेष्ठले झल्लर समेत प्रदान गर्नु भएको थियोे ।

    कार्यक्रममा टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशी , वडा २ का सदस्य हेराकाजी डंगोल , टाेखाका मुल नाइके हेमराज श्रेष्ठ , टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ , नेवा: गूठी टाेखा का अध्यक्ष रमेश नापित, फुटभलि संघका अध्यक्ष मनिष जोशी, भगवती क्लबका अध्यक्ष मदनलाल श्रेष्ठ , जिवित देवी गणेश कुमारीका अभिभावक प्रकाश डंगोल , बाद्य्यबादक कान्छा श्रेष्ठ लगायतको साथै संस्थाका विकास प्रेमी महानुभावहरुको उपस्थिति रहेको कार्यक्रममा संस्थाका पुर्वसचिव शेखर डंगोलले कार्यक्रम संञ्चालन गर्नुभएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै