टाेखा लाइभ / पुस १५,२०७७
क्वाखल टाेल विकास संस्थाको आज टोखा नगरपालिका वडा २ स्थित तलेजु मन्दिर परिसरमा एक कार्यक्रमका बिच प्रथम अधिबेशन सम्पन्न भएको छ।
आज भएको प्रथम अधिवेशनबाट संस्थाको नयाँ कार्यसमितिमा गणेशलाल श्रेष्ठ अध्यक्षमा चयन भएको छ। चार वर्ष पछि भएको प्रथम अधिवेशनलाई सम्बोधनका क्रममा क्वाखल टाेल विकास संस्थाको निवर्तमान अध्यक्ष तथा नेवा : गूठी टाेखाका अध्यक्ष रमेश नापीतले नयाँ कार्यसमितिलाई स्वागत व्यक्त गर्दै क्वाखल टाेल विकास संस्थालाई सुखदुःखमा हरहमेशा साथ दिदै यहाँ सम्म पुगेको स्मरण गराउदै अबको नयाँ टिमले यो संस्थालाई एकताबद्व भै ऐतिहासिक टोखा निर्माणमा विशेष पहल हुनेमा उहाँले जोड दिनुभयो ।
संस्थाको आज भएको नयाँ कार्य समितिको अध्यक्षमा गणेशलाल श्रेष्ठ, उपाध्यक्ष नारायण श्रेष्ठ , सचिवमा धर्मेन्द्र नापित, सहसचिवमा सुदर्शन श्रेष्ठ , कोषाध्यक्ष नारायणी श्रेष्ठ , सहकाेषाध्यक्षमा वीरलाल श्रेष्ठ र सदस्यहरुमा सुनिल डंगोल , सुमन डंगोल, शाेभा श्रेष्ठ , पुष्प डंगोल , सानुकाजी श्रेष्ठ , सुरोज डंगोल , सुबिन्द्र श्रेष्ठ , राजु डंगोल र सल्लाहकारमा तीर्थ डंगोल , शिवराज श्रेष्ठ र दिपक डंगोल छन् ।
संस्थाको नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई टोखा नगरपालिका २ का वडाध्यक्ष दीपकराज जोशीले सफलकार्यकालको शुभकामना सहित खांदा ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा २ का सदस्य हेराकाजी डंगोल , टाेखाका मुल नाइके हेमराज श्रेष्ठ , टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ , फुटभलि संघका अध्यक्ष मनिष जोशी, भगवती क्लबका अध्यक्ष मदनलाल श्रेष्ठ , जिवित देवी गणेश कुमारीका अभिभावक प्रकाश डंगोल , बाद्य्यबादक कान्छा श्रेष्ठ लगायत तलेजु क्वाखल टोल विकास संस्थाका परिवार सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रम संस्थाका पुर्वसचिव शेखर डंगोलले संञ्चालन गर्नुभएको छ।

