टाेखा लाइभ / बिजय डंगोल
पुस १५ , काठमाडौं
टोखा नगरपालिका वडा नं.१ मा १४ दिने उद्घाेषण तालिम सम्पन्न भएको छ। टोखा नगरपालिका वडा नं.१ द्धारा आयोजित र सुरेखा प्रोफेसनल ट्रेनिङ्ग सेन्टरको संयोजकत्वमा बाैडेश्वर मा.विमा १४ दिने उद्घोषण तालिमको आज एक समारोह बिच कार्यक्रम सम्पन्न भएको छ ।
उद्घाेषण तालिमको प्रमुख अतिथिमा टोखा नगरपालिकाकी उप-प्रमुख ज्ञानमाया डंगोल रहेकी छिन , भने कार्यक्रमको सभापतिमा टाेखा नगरपालिका १ का वडाध्यक्ष श्रीकृष्ण अधिकारी रहनुभएको थियो। साथै टाेखा नगरपालिका १ का वडा सदस्य, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लगायत , सुरेखा प्रोफेसनल ट्रेनिङ्ग सेन्टरका प्रतिनिधीहरु र स्थानिय विकास प्रेमिहरुको उपस्थिति रहेको थियो ।

उद्घोषण तालिममा ३६ जनाको सहभागिता भएको उक्त कार्यक्रममा अधिकांश महिला दिदिबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई प्रमाण-पत्र समेत प्रदान गरिएको कार्यक्रममा सहभागिहरुले आफुमा भएका सीप र कलालाई उजागर गर्दै नृत्य , गायन , कविता सुनाउदै उद्घोषण तालिमलाई राेमान्ञ्चक बनाइदै कार्यक्रम समापन गरिएको थियोे ।

