• TOKHA LIVE

    • ११ पुष २०७७, शनिबार ०५:०६

    सङ्ग्रहालय प्रमुख र बाैद्ध विद्वान्,पत्रकार सहितकाे निरीक्षण भ्रमण:-

    टाेखा लाइभ / पुस ११,२०७७

    सांस्कृतिक संरक्षित क्षेत्र टाेखाकाे तलेजु, थःनेलाछि, क्वःनेलाछि, चाकु उत्पादन, नासःद्यः, भिंद्यः सहितका सांस्कृतिक सम्पदाकाे निरिक्षण भ्रमण विद्वत् वर्गले गरेकाे छ।

     

     


    भक्तपुरस्थित दरवार र कला सङ्ग्रहालकी प्रमुख अरुणा नकर्मी, बाैद्ध विद्वान् उप-प्राध्यापक डा० जुनु बासुकला रञ्जितकार सहित पत्रकार र सञ्चारकर्मीकाे समूहले सांस्कृतिक भ्रमण गरेकाे हाे।
    टाेलीमा नेवाः पत्रकार काेषका अध्यक्ष कुमार रञ्जित र सञ्चारकर्मी तथा कलाकार राजु श्रेष्ठकाे पनि सहभागिता थियाे।

     

     

     


    टाेलीलाई टाेखा संस्कृति सम्पदा संरक्षण दबूका अध्यक्ष मनिराज डङ्गाेल र टाेखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ लगायतले स्वागत गर्नुभएकाे थियाे।
    टाेलीले टाेखाकाे प्राचीन सम्पदा व्यवस्थित संरक्षणमा जाेड दिएकाे छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै