• TOKHA LIVE

    • १० पुष २०७७, शुक्रबार ०८:०८

    टोखामा भुकम्पपछिको पुनर्निर्माण बिषयमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न:-

    शोभा तामाङ

    टाेखा लाइभ / पुस१०, काठमाडौं ।

    ट्रान्सपरेन्सी इन्टरनेशनलको सहकार्यमा टोखा नगरपालिका र टोखा उद्योग वाणिज्य संघद्वारा सँयुक्त रुपमा भूकम्पपछिको पुननिर्माणमा निजि क्षेत्रको भूमिका के भन्ने शिर्षकमा अन्तक्र्रिया सम्पन्न भएको छ ।

    आज भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी रहेका थिए भने बिशेष अतिथिमा ज्ञानमाया डँगोल साथै वडा नम्बर १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारी, वडा नम्बर ५ का वडा अध्यक्ष जगन्नाथ ढकाल, वडा नम्बर ८ का वडा अध्यक्ष केशव बहादुर खड्की ‌लगायतको उपस्थिती रहेको थियो।

    कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको केन्द्रीय महासचिव मुकुन्द बहादुर प्रधान, बरिष्ठ अधिकृत दिनानाथ भट्टराई, टोखा उद्योग वाणिज्य सङ्घको वरिष्ठ उपाध्यक्ष हेम शर्मा लम्साल, कोषाध्यक्ष कविता घिमिरे, प्रवक्ता रघुनाथ पनेरु (कालिका) ,क.स राममणि अधिकारी समेतको उपस्थिती सहित निर्माण सँघ सम्बन्धित हार्डवेयर ब्यापारी हभको उल्लेखीय उपस्थिति पनि रहेको थियो ।

    कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिका र टोखा उद्योग वाणिज्य संघ बिच बिभिन्न सहकार्य गर्ने काम भईराखेको र कोभिड–१९ को महामारीमा समेत विभिन्न कार्यक्रमहरु सहाकार्यमा सम्पन्न गरेको बताउनुभयो। साथै उपप्रमुख ज्ञानमाया डंगोलले टोखा नगरपालिकाबिच अवस्थित बजारलाई व्यवस्थित गर्नको लागि टोखा उद्योग वाणिज्य संघ संग मिलेर कार्यक्रम अगाडि बढाउने जानकारी दिनुभयो ।

    वडा अध्यक्षहरुले स्थानीय सरकार सदा सदैव ब्यापारी हितमा र आम उपभोक्ताको हितमा रहेर काम गर्न चाहेको बताउनुभयो। साथै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघको अध्यक्ष निराजन अधिकारीले स्थानीय सरकारले टोखा नगरपालिकाबिच विकासको काममा उल्लेखनीय प्रगति गरेको बताउँदै अब टोखा नगरपालिकालाई उधोगी ब्यवस्थापनमा हब बनाउने र आवश्यक सहयोग गर्न स्थानीय सरकार सँग स्मरण गर्नुभयो ।

    कोभिड–१९ बाट व्यवसायीहरुलाई वडा र घरबहाल करमा छुट दिन स्थानीय सरकारसँग आग्रह गर्नुभयो । साथै भुकम्पपछिको सहयोगमा टोखा नगरपालिकाले उल्लेखनीय सहकार्य गरेको बताउनुभयो । कार्यक्रमको सभापतित्व टोखा उद्योग वाणिज्य संघको अध्यक्ष निराजन अधिकारीले गर्नभएको थियो। कार्यक्रम ट्रासपरेन्सी इन्टरनेसनल नेपालको अधिकृत शाखा नेपालीले सन्चालन गर्नुभएको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै