टोखा नगरपालिका वडा नं १०को आयोजनामा कार्यालय सभाहलमा वडा अध्यक्ष मधुसुदन पाण्डेको अध्यक्षतामा आज बिद्यालय द पुन: संचालनका लागि सरोकारवालाहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य रहेका थिए भने बिशेष अतिथिको रुपमा टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतम शिक्षा शाखा अधिकृत लगायत वडा नं १० भित्र संचालित बिभिन्न संस्थागत तथा सामुदायिक बिध्यालयका प्रिन्सिपल, शिक्षक प्रतिनिधि अभिभावक र बिद्यार्थीहरु र सुरक्षा निकायको प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम संचालन वडा सचिब मन्दिरा अर्यालले गरेकी थिइन ।

कार्यक्रममा ‘सहभागिता जनाएका सरोकारवालाहरुले कोरोनाको कारण उत्पन्न विषम परिस्थितिमा आफ्नो संस्थालाई परेको अफ्ठेरोको बारेमा विचार राखेका थिए भने अन्य वैकल्पिक माध्यम बाट पढाइ संचालन गर्दा बिद्यार्थीहरुमा मनोबैज्ञानिक समस्या देखिएको हुँदा स्वास्थ्य मापदण्ड अपनाएर सके सम्म भौतिक उपस्थितिमा बिद्यालय संचालन गर्नु पर्ने धारणा राखेका थिए ।
अहिलेको परिस्थितिमा बिध्यालय संचालन बाध्यकारी नभई स्व इच्छाले संचालन गर्न अनुरोध गर्दै वडा अध्यक्ष मधुसुदन पाण्डेले नेपाल सरकार र नगरपालिकाको विद्यालय संचालन कार्यविधि अनुसार विद्यालयहरु संचालन गर्ने वारेमा छलफल केन्द्रित गरिएको जानकारी गराउदै विद्यालयहरुले विद्यार्थी ख्या र भौतिक पूर्वाधारको आधारमा कार्य ढाचा अन्तर्गत रहेर कक्षा संचालन गर्न जोड दिनुभएको थियो ।
कोरोना संक्रमण बीच सबै बजार क्षेत्र खुल्ला हुँदा पनि स्वास्थ्य मापदण्ड पालना गरि बिध्यालय खोल्न नपाउदा सरोकारवालाहरुले दुख ब्यक्त गरेका थिए ।छलफल पश्चात स्वास्थ्य मापदण्ड पुरा गरि भौतिक दुरी कायम गरेर पहिलो चरणमा माथिल्लो कक्षा संचालन गर्ने , स्वास्थ्य सहायता कक्षा संचालन, भौतिक उपस्थितिमा कक्षा संचालन हुन नसकेमा वैकल्पिक माध्यम यथावत राख्ने साथै नगरपालिकाको स्वास्थ्य र वडा समितिले बिध्यालयको अनुगमन गर्ने निर्णय भएको थियो ।
कार्यक्रममा नवनियुक्त प्रशासकीय अधिकृत प्रकाश आचार्यलाइ वडा कार्यालय दशले स्वागत गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए भने अधिकृत आचार्यले आयोजकलाइ धन्यबाद दिदै विद्यालले कोरोनाको जोखिमलाइ मध्यनजर गर्दै नेपाल सरकार र नगरपालिकाको विद्यालय संचालन कार्यविधि अनुसार विद्यालयहरु संचालन गर्न सकिने बताए।कार्यक्रममा टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतम लगायतले शुभकामना मन्तब्य राखेका थिए।

