टाेखा लाइभ / पुस ७ ,२०७७
इन्द्रायणी भुटखेल सामुदायिक बन उपभोक्ता समितिको आयोजनामा टाेखा नगरपालिका वडा २/३को समन्वय गरि नेवा: गूठी टाेखाको सहकार्यमा इन्द्रायणी भुटखेल सामुदायिक बन उपभोक्ता समितिले मर्दापर्दा काठ दाउरा गूठीको लागि रकम संकलनका लागि आज एक र्यालीको आयोजना गरेको छ।
इन्द्रायणी भुटखेल सामुदायिक बनले निकालेको र्यालिमा सहभागीहरुले झांकी, टुल ब्यानर सहित माइकिङ गरि टाेखा नगरपालिकाको वडा ३ काे टाेखा गेटदेखि सुरु भएको र्याली बांफल, त्वापचा, क्वने लाछी हुदै टाेखा नगरपालिका २ को थनेलाछी नासल चोक , गणेस्थान हुदै टाेखा वडा ३ को हासल , चागल , लाम्ने परिक्रमा गरि पुनःटाेखा गेटमै र्याली बिसर्जन भएको हो।

मानिस जन्मेपछि एक दिन अवश्य मर्नै पर्छ। यो अकस्मात हुने भवितव्य घटना भएको हुँदा कसैलाई पनि थाहा हुँदैन। त्यसैले भन्ने गरिन्छ। “- ‘ आयो टप्प टिप्याे लग्यो , मिति पुग्यो टारेर टर्दैन त्यो। इन्द्रै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो।’ त्यसकारण यस्तो अवस्थामा भनेको बेला बिधिकर्म अनुसार दाहसंस्कार गर्न विशेष गरि हिन्दुधर्मावलम्बीलाई मर्दापर्दाकाठ दाउरा पहिलो प्राथमिकता भित्र राख्ने गरिन्छ। चाहे त्यो पशुपति आर्यघाटमा होस् , देवघाटहोस् या कुनै समुदायले मर्दापर्दाको पुर्व तयारीमा पहिला काठकै जोहो गरिन्छ। त्यसैले महाप्रस्थानको अन्तिममा दागबत्ती दिन काठ दाउराद्वारा समाधिस्थल बनाउनको लागि काठ नभै हुँदैन ।

हालै टाेखा नगरपालिकाले टाेखा संस्कृति संरक्षित क्षेत्र घोषणा गरेको टाेखामा पहिला साबिक टाेखा चण्डेश्वरी गाविस र सरस्वती गाविस हाल टाेखा वडा २ र ३ का मानिसहरु आ- आफ्ना कालगतिले मृत्युवरण गर्नुहुनेहरुका लागि भुटखेल चौरमा अवस्थित पिगंद्य: इन्द्रायणी मन्दिरको उत्तरपट्टि र पश्चिमपट्टि रहेका रुखहरु काट्दै दाहसंस्कार गर्ने प्रचलन संगै मानिसको मृत्यु पिच्छे रुख काट्दै जाने क्रममा रुखहरु निकै कम भइसकेपछी २०६१ सालमा इन्द्रायणी सामुदायिक बन , काठमाडौं जिल्ला बन कार्यालयमा ऐन र नियमावली अनुसार दर्ता भइसकेपछि त्यही सालमा बृक्षारोपणको थालनीसंगै रुख काट्न रोकिएको पुर्व टाेखा सरस्वती गाविस अध्यक्ष तथा इन्द्रायणी सामुदायिक बन उपभोक्ता समितिका पुर्व संस्थापक अध्यक्ष बाबुलाल डंगोलले बताउनुभयो।

यस्तो मानिसको मृत्युका अवस्थामा भनेको बेलामा दाहसंस्कार गर्न तुरुन्त काठ दाउरा नपाइने भएपछि टाेखामा रहेका प्रमुख पार्टीहरु र सिगुठिका सबै समुहहरु स्थानीय बुद्धिजीवीहरुको पटकपटकको सहमतिबाट इन्द्रायणी सामुदायिक बनका प्रतिनिधिको रोहवरमा २०६५ सालमा पहिलोचोटि रु दुई सयका दरले टाेखावासीहरुसंग रकम उठाउनु परेको इन्द्रायणी सामुदायिक बन उपभोक्ता समितिका पुर्व संस्थापक सचिव सुशान्त डंगोलले बताए।

इन्द्रायणी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सुर्यमान डंगोलले मर्दापर्दा काठदाउरा सिगूठीले टाेखा नगरपालिकाको वडा २/३संग समन्वय गरेर चौथो पटक रकम उठाउन लागेको जानकारी दिए। पहिलो पटक २०६५, दोस्रो २०६९ र तेस्रो पटक २०७३ सालमा टाेखाका प्रत्येक घरधुरी (भिन्न बसेका )बाट रु चार सय उठाएर टाेखाको सपनतिर्थ बहुउद्देश्यीय सहकारीमा जम्मा गरि किनिएको काठ दाउरा सकिएको बताउदै त्यस्को पाँच वर्ष पछि पुनः प्रत्येक घरधुरी( भिन्न बसेका) बाट रु ५ सय दरले उठेको रकमबाट मर्दापर्दा चाहिने काठदाउरा किन्न लागेको उपभोक्ता समितिका अध्यक्ष सुर्यमान डंगोलले बताए।
इन्द्रायणी भुटखेल सामुदायिक बन उपभोक्ता समितिले मर्दापर्दा काठ दाउरा गूठीको लागि रकम संकलनका लागि सम्पुर्ण टाेखा २ र ३ वडावासीहरुमा टाेखा नगरपालिका वडा २ मा रहेको ‘सपनतिर्थ बहुउद्देश्यीय सहकारी संस्था’को खाता नं.४०००७२ र टाेखा नगरपालिका वडा ३ मा रहेको ‘ मिर्मिरे बचत तथा ऋण सहकारी संस्था’को खाता नं.५००५ र ‘ टाेखा अभियान बचत तथा ऋण सहकारी संस्था’ को खाता नं.५०१२३ मा प्रत्येक घरधुरीले रु पाँच सयका दरले यहि पुस मसान्त भित्र रकम जम्मा गरिदिनुहुन समेत अनुरोध गरेको छ ।
इन्द्रायणी भुटखेल सामुदायिक बन उपभोक्ता समितिको आयोजनामा टाेखा नगरपालिका वडा २/३को समन्वय गरि नेवा: गूठी टाेखाको सहकार्यमा भएको आजको र्याली कार्यक्रममा टाेखा वडा २ का अध्यक्ष दिपकराज जोशी , टाेखा वडा ३ का वडासदस्य हरिमान श्रेष्ठ , पुर्व टाेखा सरस्वती गाविस अध्यक्ष इन्द्रायणी सामुदायिक बन उपभोक्ता समितिका पुर्व अध्यक्ष बाबुलाल डंगोल , टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ , नेवा: गूठी टाेखाका अध्यक्ष रमेश नापित लगायत उपाध्यक्ष रामलाल डंगोल/ महासचिव हेरकाजी डंगोल / पुर्व सचिव प्रकाश डंगोल , नेकपा टाेखा इकाई २ का अध्यक्ष देवराज डंगोल, इन्द्रायणी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सुर्यमान डंगोल, सदस्य हरिनारायण श्रेष्ठ , सपनतिर्थ मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष अष्टनारायण डंगोल, नयाँ किरण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सत्यनारायण डंगोल ,’ टाेखा अभियान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायत सदस्यहरु , इन्द्रायणी दापा खल: का अध्यक्ष प्रकाश डंगोल लगायत टाेखाका स्थानीय समाजसेवि दिदीबहिनीहरुको सहभागितामा रहेको थियो।

