• TOKHA LIVE

    • ७ पुष २०७७, मंगलवार १०:०४

    टोखा नगरपालिकामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३६३१ पुग्यो।

    टाेखा लाइभ / नविना श्रेष्ठ
    पौष ७,२०७७

    टोखा नगरपालिकामा थप ८९ जनामा कोभिड-१९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।यो संगै संक्रमितको संख्या ३६३१ पुगेका छन्। हाल सम्म संक्रमित महिला सख्या १५८३ जना रहेको र पुरूष संख्या २०४८ जना रहेका छन्।

    निको हुनेको संख्या भने ३५१९ जना रहेका छन्। भने हाल सम्म सक्रिय संक्रमित सख्या १०२ जना रहेका छन्।
    मृत्यु हुनेको संख्या १० जना रहेको टोखा नगरपालिकाको तथ्याङ्कले जनाएको छ।

    पौष ६ गतेकाे वडा गत विवरण अनुसार थप भएका संक्रमित महिला सख्या ३२ जना रहेको र पुरूष संख्या ५७ जना रहेका छन्। होम आइसोलेसनमा ८८ जना रहेको र अस्पतालमा १ जना मात्र रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    हाल सम्मको वडा गत विवरण अनुसार वडा नं १ मा २ जना
    वडा नं २ मा ३ जना
    वडा नं ३ मा ११ जना
    वडा नं ४ मा १० जना
    वडा नं ५ मा ६ जना
    वडा नं ६ मा १० जना
    वडा नं ७ मा ११ जना
    वडा नं ८ मा १८ जना
    वाड नं ९ मा ४ जना
    वडा नं १० मा ३ जना
    वडा नं ११ मा ८ जना र ३ जना सम्पर्क विहिन भएका छन् भने जम्म ८९ जना संक्रमित रहेको वडा गत तथ्याङ्कले जनाएको छ।

    हाल सम्म संक्रमित भएका जनसख्या ३.४% रहेका छन् भने जम्मा संक्रमण भएका संक्रमित मध्ये निको भएका १६.९% रहेका छन्।
    कोभिड-१९ कोरोना भाइरस संक्रमण बाट मृत्यु हुनेको दर ०.२७% रहेको टोखा नगर तथ्याङ्कले जनाएको छ।
    PCR परिक्षण गरिसकेका हरुको सख्या ६६६५ जना रहेको र जनसख्याको दरमा ६.७३% रहेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै