टाेखा लाइभ / पुस ६ काठमाडौं
टोखा नगरपालिका ३ का वडाध्यक्ष सिंहराज श्रेष्ठको नेतृत्वमा वडा सदस्य, स्थानीय धमलटार युवा क्लव तथा नगरपालिकाको प्राविधिक टोलिले टोखा – फुटुङ्ग पुल छेउ (सलखुशी)मा अतिक्रमित सार्वजनिक जग्गा नापजाँच गरी तारबार गरि सार्वजनिक जग्गाको संरक्षण गरेका छन् । का.जि टोखा ३ मा रहेको सिट नं १०२-०९०५-०६ को कि.नं ३ फुटुङ्ग पुल छेउ (सलखुशी)को सार्बजनिक जग्गालाई संरक्षण गर्नुपर्छ भनी स्थानीयहरुबाट जनगुनासो आएपछि धमलटार युवा क्लवले यस विषयमा स्थानीय संस्थाहरु संग छ्लफल गर्दा उहाँहरुकै सल्लाह र सुझाव संगै धमलतार युवा क्लबले मिति २०७७/०७/१९ गते टोखा न.पा ३ मा निवेदन दर्ता गरेको क्लबका एक पदाधिकारी बताए ।

त्यस्को लगतै उक्त दिनमै सार्बजनिक जग्गा संरक्षण समिती लाई टोखा ३ द्वारा पत्राचार गरिएको थियोे । यस लगतै उक्त सार्वजनिक जग्गामा पटकपटक विवादबढेपछि सिमा रेखांकनका लागि वडा र नगरसंग समन्वय गरेर टाेखा नगरपालिका वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठ , वडा सदस्य हरिमान श्रेष्ठको रोहवरमा र सामाजिक अभिएन्ता सान्ता राई तथा ॐ बिमलीको उपस्थितिमा नेपाल प्रहरी ,धमलतार युबा क्लबका पदाधिकारीहरु र स्थानीयहरु लगायत पुस १ गते बुधबारका दिनमा प्राबिधिक सान्ता श्रेष्ठबाट नाप जाँच गरि पोल हाल्ने काम गरेपछि पुस ३ शुक्रबारका दिन तारबार लगाउने काम सम्पन्न गरेको थियो।

वडाध्यक्ष सिंहराज श्रेष्ठले आफुहरुले आफ्नो क्षेत्रभित्र रहेको सार्वजनिक जग्गाहरु संरक्षण गरि स्थानीय बासीहरुसँग सहकार्य गर्दै उचित संरक्षण र संर्वद्वन गरि उक्त जग्गालाई प्रयोगमा ल्याइने जानकारी दिए ।
त्यस्तै तारकेश्वर नगरपालिका- ७ फुटुङ्गको सुन्दर थापा गाउँ नामको वोर्ड टोखा नगरपालिका-३ को सिमानामा राखिएको भन्दै उक्त बोर्ड समेत धमलतार युबा क्लबका पदाधिकारी र स्थानीयको सहयोगमा हटाएको थियो।

त्यसै क्रममा टाेखा संस्कृति संरक्षित क्षेत्र अन्तर्गत पर्ने पिगन्द्य: श्री इन्द्रायणी मन्दिर रथमा राखि जात्रा गर्ने मुर्ति जिर्णोद्वारका लागि धमलतार युबा क्लबद्वारा प्रदान गरेको सहयोग रकम वडाका अध्यक्ष सिंह राज श्रेष्ठको हात बाट रु १० हजार श्री इन्द्रायणी मन्दिरका प्रतिनिधि समीर डंगोललाई हस्तान्तरण गरेको थियो।

