• TOKHA LIVE

    • ५ पुष २०७७, आईतवार १४:१७

    टोखा नगरपालिकामा मानव वेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न :-

    टाेखा लाइभ / बिजय डंगोल

    पुस ५ काठमाडौं
    टोखा नगरपालिकाको सहयोगमा हाम्रो सम्मान परियोजना अन्तर्गत शान्ति फाउण्डेशनद्धारा संञ्चालित मानव वेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी वडा स्तरीय दुई दिने अभिमुखीकरण कार्यक्रमको दोस्रो चरणमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी , उप-प्रमुख ज्ञानमाया डंगोलको उपस्थितिमा सम्पन्न भएको छ। दोस्रो चरणको अभिमुखीकरण कार्यक्रममा टोखा नगरपालिकाका वडा नं.४,५,६ र ७ का जनप्रतिनिधीहरु, सामुदायीक विध्यालयका शिक्षक-शिक्षिकाका प्रतिनिधीहरु,बाल क्लबका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा वडा र स्थानिय निकायको भूमिकाबारे सहभागीहरुलाई जानकारी गराएको थियो ।कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा र नगरपालिका नै पहिलो तह जहाँ मानव बेचबिखन रोकथामको सुरुवाती कदम भएको बताउदै सहभागीहरुलाई हौसला प्रदान गर्नुभयो ।साथै उहाँले टाेखा वडा कार्यालयहरुलाई मानव वेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी वडा स्तरीय रोकथाम जस्तो कदममा टाेखा नगरपालिकाको न्यायीक साथ र सहयोग रहनेमा जोड दिनुभयो ।

     

    टोखा नगरपालिकाका उप-प्रमुख श्री ज्ञानमाया डंगोलले
    “मानव बेचबिखन तथा ओसारपसार मुक्त वनाउन हामी हातमा हात मिलाई अघि बढौँ, हामी अवश्यै सफल हुन्छौ ।”_भन्नुभयो। साथै टोखा नगरपालिकामा मानव वेचविखन संघर्ष कोष स्थापनाको लागि कोषमा १लाख जम्मा गरेको बताउदै उहाँले मानव बेचबिखन सम्बन्धी कार्यविधि चाडो भन्दा चाडो ल्याउने कुरामा उप-प्रमुख श्री ज्ञानमाया डंगोल प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै