• TOKHA LIVE

    • ५ पुष २०७७, आईतवार १३:२८

    टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३५४२ पुग्यो।

    टाेखा लाइभ / नविना श्रेष्ठ
    पौष ५,२०७७

    टोखा नगरपालिकामा कोभिड-१९ कोरोना भाइरस संक्रमितको संख्या ३५४२ पुगेकाे छ। संक्रमित महिला सख्या १५५१ जना रहेको र पुरूष संख्या १९९१ जना रहेका छन्। हाल सम्म सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा ८० जना रहेको र अस्पतालमा २ जना मात्र रहेका छन्। भने सम्पर्क विहिन ७ जना रहेका छन्।

    पौष ४ गते सम्मको टोखा नगरपालिकाको तथ्याङ्क अनुसार सक्रिय संक्रमित संख्या ८९ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    कोभिड-१९ कोरोना भाइरस संक्रमण वाट निको हुनेको संख्या ३४४४ जना रहेको र मृत्यु हुनेको संख्या ९ जना रहेको टोखा नगर विवरणले जनाएको छ। हाल सम्म कुल PCR परिक्षण गरिसकेका हरूको संख्या ६६६५ जना रहेको र कुल सम्पर्कमा परिक्षण गरेका संख्या भने ४०१० जना रहेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै