• TOKHA LIVE

    • ५ पुष २०७७, आईतवार ०५:५५

    अब अभिनेत्री मनिषा कोइराला सांगीतिक क्षेत्रमा आउने

    पुस ५, २०७७

    टोखा लाइभ ।अभिनेत्री मनिषा कोइराला क्यान्सरलाई जितेयता जीवन भोगाइबारेको अनुभव बाँडन अरु विधाको सृजनामा पनि लागेकि छिन । यही क्रममा उनले सांगीतिक समूह सुर सुधासँग मिलेर एउटा गीत रेकर्ड गराएकी छिन्, जसमा उनले मृत्युञ्जयको मन्त्रोच्चारण गरेकी छिन् । गायनमा पनि सार्वजनिक हुन लागेकि उनी अहिले त्यसैको भिडियोको छायांकनमा व्यस्त छिन् ।

    बलिउडमा ख्याती कमाएकी अभिनेत्री कोईराला अभिनयमा मात्र होईन, नेपालको सामाजिक विषयमा पनि उत्तिकै चासो राख्छिन । अभिनयबाट लामो समय टाढा बसेकी उनी हाल स्वदेशमै रमाईरहेकी छिन् । सामाजिक सञ्जालमा नेपालबारे राख्ने विभिन्न धारणामा पनि उनको मातृभूमिप्रतिको लगाव र गौरव झल्किन्छ । पुस्तक लेखन देखि सामाजिक अभियन्ताका रुपमा पनि काम गरेकी उनले गायनमा समेत पाईला टेकेकी छिन् । अब उनलाइ सांगीतीक समूह सुरसुधाका साथ महामृत्युन्जय मन्त्रोच्चारणमा सुन्न र देख्न सकिनेछ ।

    पाटन दरबारमा बुधबार त्यही गीतको भिडियो छायांकन भइरहेको थियो । कोइरालाको स्वरमा स‌ंगीत दिन पाउनुलाइ सु्र सुधाले पनि अवसर पाएको ठानेको छ ।

    गायनमा पोख्त नभए पनि अभिरुचिका कारण यसतर्फ लागेको उनी बताउँछिन । कुनै पनि कुरा सिक्नका लागि समय दिने र त्यसमा रुम्ने हो भने आनन्द खोज्न अन्यत्र जानै नपर्ने उनको अनुभव छ ।

    जीवनको आनन्द र स्वाद लिन चाहने हो भने जस्तै संकटले पनि अवरोध नगर्ने कोइरालाको अनुभवले बताउँछ । त्यसैले मृत्युको मुखमा पुगेर फर्किएकी उनको जीवन आफैँमा एक प्रेरणाको स्रोत हो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै