२०७७ पुष ३ गते
टोखा लाइभ ।टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले विद्यालयको प्राविधिक भौतिक पूर्वाधार विकास गर्न तथा शैक्षिक स्तरोन्नतिका लागि सबैको मेहनत, सहयोग र सक्रियता सदैव आवश्यक रहेको बताउनुभएको छ ।
झोर महॉकाल र सरस्वती स्कुलको अब निर्माण हुने लागेको सलखुशी दोभान र झोर महॉकालमै २० रोपनी जग्गामा फैलिएको २ वटा स्कुल भवनहरुको विहिवार आयोजित एक छलफल कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले उक्त कुरा बताउनुभएको हो । 
नगर प्रमुख प्रकाश अधिकारीले विद्यालयको प्राविधिक शैक्षिक स्तरोन्नति तथा भौतिक पूर्वाधारको विकासको लागि विद्यालयका प्रिन्सिपल र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले निर्वाह गरेको भूमिकाप्रति आभार व्यक्त गर्नुभयो । मानव सभ्यताको विकास र देशको समृद्धिमा शिक्षाको महत्व र आवश्यकताबारे चर्चा गर्दै उहाँले विकासको आधारभूत तत्व नै प्राविधिक शिक्षा रहेको र शिक्षामा गरेको लगानी कहिल्यै खेर नजाने बताउनुभयो । 
कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको विषम परिस्थितिले विद्यालय संचालनका साथै विद्यार्थीहरुमा पर्न गएको अप्ठेरो अवस्थालाई भर्चुअल कक्षाले केही सहयोग गरेको उल्लेख गर्दै नगर प्रमुख प्रकाश अधिकारीले यस परिस्थितिमा समेत उच्च आत्मबलकासाथ विद्यालय व्यवस्थापनले निभाएको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । विद्यालयको प्राविधिक शैक्षिक क्षेत्रलाई अझ बढी प्रभावकारिताकासाथ अगाडि बढाउनेतर्फ केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 
नगर प्रमुख प्रकाश अधिकारीले अब बन्ने नवनिर्मित भवनहरुले विद्यालयको शैक्षिक स्तरलाई थप सुदृढ बनाउने र यसबाट उत्पादन हुने विधार्थीहरू संसारभरको विश्व बजारमा बिक्न र सक्षम हुन मद्दत गर्ने विचार व्यक्त गर्दै आगामी दिनमा विद्यालयको छवि उच्च हुने विश्वास व्यक्त गर्नुभयो । यसका लागि सबैको साथ, सहयोग र समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।
छलफल कार्यक्रममा स्कुल भवन निर्माण सम्बन्धी ४ वटा प्रस्तावहरू सरस्वती स्कूलकाप्रधानाध्यापक अर्जुन श्रेष्ठले पेश गर्नुभएको थियो । विद्यालयको आन्तरिक श्रोत र अनुदान सहयोगबाट निर्माण सम्पन्न हुने उक्त भवनहरुमध्ये करोडौं रुपैयाँको लागतमा निर्मांण सम्पन्न हुने भएको हो ।

टोखा नगरपालिका वडा नं -१ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले करीब २ यस रोपनी जग्गामा फैलिएको जलेश्वरमा गुम्बा र प्राविधिक विधालय बन्नेछ। यसमा सबैको सहमति जुटिसकेको छ। कर्मचारी र जनप्रतिनिधि नंग र मासु हुन ।जसरी तिलिंगटार स्कुललाई सिभिल ईन्जिनियरिंग बनाएको छ । हामीले पनि यहॉ एउटा उत्कृष्ट प्राविधिक स्कुल बनाउने प्रण गर्नेछौं”। वहॉले भन्नुभयो।
छलफल कार्यक्रममा टोखा नगरपालिका वडा नं-३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठले विगतमा स्कुल सन्चालन गर्दा भवनको अभावमा निकै दु: ख झेल्नु परेकोले अब आगामी दिनहरू त्यसो हुने छैनन। सरस्वती स्कुल बनाउने जग्गाको पहिचान भैसकेको छ। छिट्टै नै सपना साकार हुनेछ”। वहॉले बताउनु भयो।
छलफल कार्यक्रम पश्चात टोखा नगरपालिका मेयर प्रकाश अधिकारी, उप मेयर ज्ञानमाया डंगोल लगायत अन्य सम्बन्धित व्यक्तिहरूले स्कुल भवन बन्ने जग्गाको निरीक्षण गर्नुको साथै बुद्धिजीवी व्यक्तिहरूसंग आवश्यक अन्तक्रिया समेत गर्नु गर्नुभयो । 
छलफल कार्यक्रममा टोखा नगरपालिका शिक्षा विभागका प्रमुख बाबुराम गौतम, सरस्वती विद्यालयका पूर्व प्रिन्सिपल बाबुलाल भण्डारी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुमा धर्म डंगोल , स्थानीय निकायका प्रतिनिधिहरु, शिक्षकहरु, स्थानीय वासिन्दा लगायतको उपस्थिति रहेको थियो ।

