• TOKHA LIVE

    • २ पुष २०७७, बिहीबार १०:५०

    झोर अवस्थित शिवपुरी मुहानमा लाखौं लिटर रिर्जभ ट्याङ्गी बनाउन निरीक्षण

    २०७७ पुस २ गते

    काठमाडौ । टोखा नगरपालिका भित्र जनतालाई पानी आपूर्ति गर्दै आएको झोर स्थित खानेपानीको समस्या हल गर्ने रिजर्भ मुहानको निरीक्षण भएको छ ।

    बुधबार टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , उपमेयर ज्ञानमाया डंगोल , वडा अध्यक्ष श्रीकृष्ण अधिकारी , काठमाडौ उपत्यका खानेपानी लिमिटेडका कार्यकारी प्रमुख , प्रबक्ता बच्चुराज बस्याल लगायतको टोलीले शिवपुरीको काखमा रहेको प्राकृतिक पानी मुहानको निरिक्षण गरिएको वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । झोर बजारका खानेपानीका रिर्जभ ट्याङ्कीबाट पानी स्थानीयवासीका धारामा पठाइन्थ्यो अहिले ती ट्यांकी पनि रित्तिँदैछन्।

    दैनिक ६ लाख लिटर पानी टोखा नगरपालिका वासिन्दाले उपभोग गर्दै आएका छन् । वर्षेनि खोलाको बाढी र डाँडाबाट खस्ने पहिरोका कारण झोरका स्थानीयले असार र साउन महिनामा खानेपानीको अभाव झेल्दै आएका छन् । झोरको उत्तरी क्षेत्रको पुरानो चन्द्र शमशेरले वनाएको खानेपानी आयोजना पटक पटक बौंडेश्वर खोलाको बाढीले प्रभावित हुँदै आएको छ। जुन बालाजु स्थानीयवासीमा खानेपानी वितरण गरिँदै आएको छ ।

    भण्डारे मुहानमा लाखौं लिटर रिर्जभ ट्याङ्गी बनाउन नगरपालिकाबाट बजेट विनियोजन गरि यथा सीध्र कार्यान्वयन गर्ने मेयर प्रकाश अधिकारीले जानकारी दिए।

    काठमाडौ उपत्यका खानेपानी लिमिटेड संगको सहकार्यमा साविक झोर गाविस वडा नं ४ को किता नं ९७ को ८ रोपनी १२ आना २ पैसा क्षेत्रफलमा रिर्जभ ट्याङ्ग निमार्ण गरिने मेयर अधिकारीले बताए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै