• TOKHA LIVE

    • २७ मंसिर २०७७, शनिबार १९:५१

    गायक तथा संचारकर्मी गगन बहादुर सिंहको शब्द स्वर र संगीत रहेको ‘ जातमा भेदभाव ’ सार्वजनिक:-

    टाेखा लाइभ / मंसिर २७

    गायक तथा संचारकर्मी गगन बहादुर सिंह( गगन श्री)को शब्द स्वर र संगीत रहेको ‘ जातमा भेदभाव ’ को म्युजिक  भिडियो सार्वजनिक भएको छ ।

    गायक गगन श्रीले यो गितमा समसामयिक बिषयमा अहिले जातमा धेरै मानिसहरूले विभिन्न किसिमका अपराधिक घटनाहरु घटाईरहेको छ ती बिषय समेटेर जातमा भेदभाव हुनुहुदैन भन्ने एउटा त्यो कन्सेप्ट बनाएर यो गितद्वारा प्रस्तुत गरेको बताए ।

    ‘जातमा भेदभाव’ पहिलो गीतलाई दर्शक तथा स्रोताले अत्यधिक मन पराएपछि गायक गगन बहादुर सिंंह ( गगन श्री)ले दोस्रो गित ‘ तिमी नै टाढा ’ लिएर आएका छन् ।जुन हिजो मात्रै गीतको म्युजिक भिडियोलाई म्युजिक नेपालले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।उक्त गितमा गायक स्वयम गगन बहादुर सिंह( गगन श्री) को स्वर रहेको छ भने शब्द र संगीत श्रीकृष्ण बम मल्लको रहेको छ।

    ‘जातमा भेदभाव ’मा सुप्रसिद्ध कलाकार ‘दाह्री बा’ सुरवीर पण्डित लगायत अरुण श्रेष्ठ ,रामकुमार प्रधान , सोनु गिरि र शोभा प्रधानले उत्कृस्ट तथा मन छुने अभिनय गरेका छन् । भिडियोमा गायक स्वयम गगन बहादुर सिंह ( गगन श्री)लाई पनि देख्न सकिन्छ ।

    यस भिडियोलाई ड्रिम स्तुडियाेमा जीवन पराजुलीले छायांकन गरेका छन् भने मिडिया पिक्चर्स नेपालले सम्पादन गरेको छ। म्युजिक भिडियो निर्देशक सुरेश पान्डेले निर्देशन गरेको छ भने केशव बदुले एरेन्ज गरेको यस गीतमा आरती थापाको मेकअप रहेको छ । गीतको भिडियोलाई म्युजिक नेपालले आफ्नै अफिसियल युट्युब च्यानलबाट गत महिना सार्वजनिक गरिएको हो । गितको भिडियोलाई मंगल दास श्रेष्ठले निर्माण गरेका हुन् ।

    गितको म्युजिक भिडियो हेर्न Click गर्नुहोस् :-

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै