• TOKHA LIVE

    • २७ मंसिर २०७७, शनिबार १३:१५

    टोखा सरस्वती मन्दिर पुनःनिर्माणको नगरप्रमुख प्रकाश अधिकारीद्वारा शिलान्यास सम्पन्न :-

    टोखा लाइभ/ मंसिर २७

    टोखा नगरपालिका वडा नं ३ मा रहेको प्राचीन सरस्वती मन्दिर पुनःनिर्माणको आज टोखा नगरप्रमुख प्रकाश अधिकारीले शिलान्यास सम्पन्न गर्नुभएको छ। टोखा नगरपालिका बडा नं ३ को पहलमा टाेखा नगरपालिकाले यस आर्थिक वर्षमा २९ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि सो मन्दिर श्री सरस्वती मन्दिर निर्माण उपभोक्ता समितिले निर्माण सुरु गर्न लागेको हो।

    टाेखा सरस्वती चौरमा अवस्थित हाल एकतले सरस्वती मन्दिरलाई पुनःनिर्माण पछि दुईतले मौलिक प्यागोडा शैलीमा निर्माण हुने सरस्वती मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेश श्रेष्ठ बताए ।

    विद्याकि देवी सरस्वती मन्दिरको नामबाट टाेखामा श्री सरस्वती उच्च माबी, तत्कालीन टाेखा सरस्वती गाबिस, सरस्वती हेल्थ पोस्ट नाम उल्लेख गरिएको पाइन्छ । परापुर्वकाल देखि रहेको सरस्वती देवीको पुरानो मन्दिर भएकै स्थानमा हाल नयाँ बन्न लागेको उक्त सरस्वती मन्दिरको पुनः निर्माण आर्थिक वर्ष २०७७।७८ मा सम्पन्न गर्ने गरि लक्ष्य राखिएको छ ।

     

     

     

    सरस्वती मन्दिर पुनःनिर्माणको शिलान्यास पछि टोखा नगरप्रमुख प्रकाश अधिकारीले धार्मिक सांस्कृतिक महत्त्व बोकेको ऐतिहासिक टाेखालाई सांस्कृतिक शहरको रूपमा विकास गर्नको लागि टाेखा नगरपालिकाले टाेखा संरक्षित क्षेत्र घोषणा गरेको बताउदै टाेखा ऐतिहासिक सांस्कृतिक शहर भनेर जसरी परिचीत छ त्यसरी नै हामीसंग जोडिएका पुराना मठमन्दिर ,पातिपौवा,धारा पौराणिक घर निर्माण र ढुङ्गा छापिएका बाटा सहितको सांस्कृतिक मौलिक झल्कने समग्र टाेखा नगरपालिका निर्माणमा टाेखा नगरपालिकाले जोडदिएको बताउनुभयो।

     

     

    कार्यक्रममा टोखा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठले सरस्वती मन्दिर पुनः निर्माणको लागि वडा स्तरीय बजेट २९ लाख मात्रै भएको मौलिकपन झल्काएर मन्दिर निर्माण सम्पन्न गर्न ६२ लाख कुल लागत लाग्ने भएकोले नपुग रकम नगरस्तरीय बजेटबाट सम्पन्न गर्नको लागि टाेखा नगरप्रमुखलाई पहल गरिदिन सुझाव दिएको बताउदै  त्यस्को विकल्पको रूपमा  जनश्रमदान तथा अन्य दाताहरूबाट सहयोग जुटाएर भएपनी पुनः निर्माण  सम्पन्न गरिने वडा अध्यक्ष सिंहराज श्रेष्ठले बताए । उहाँले सब भन्दा पहिले टाेखा हाम्रो हो र यस्लाइ संरक्षण गर्नुपर्छ भन्नेकुरा लाइ सम्पुर्ण टाेखावासीले मध्यनजर गर्दै अघि सरेको खण्डमा यो सांस्कृतिक संरक्षित क्षेत्र भनेर ऐतिहासिक टाेखालाई अझै पनि राम्रो ब्यबस्थापनका साथ उभ्याउन सकिनेमा जोड दिनुभयो।

    सरस्वती मन्दिर पुनः निर्माणको शिलान्यास कार्यक्रममा टाेखा नगरप्रमुख प्रकाश अधिकारी , उपप्रमुख ज्ञानमाया डंगोल , टाेखा वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठ, सदस्य हरिमान श्रेष्ठ , मुलनायो हेमराज श्रेष्ठ , सरस्वती मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेश श्रेष्ठ ,डिजाइनर आशामान महर्जन,सरस्वती द्य:खल परिवार , मु: ध्वाखा भजन खल: स्थानीय सरोकारका संस्कृति प्रेमी लगायतको सहभागिता रहेको थियो।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै