टाेखा लाइभ / मंसिर२७
टोखा नगरपालिका वडा नं. ८ स्थित मिलनटोलमा सडक कालोपत्रे शुरु भएको छ । टोखा नगरपालिकाको १ करोड सात लाखको लागतमा १ किलोमिटर सडक कालोपत्रे हिजोबाट सुरु भएको छ ।
मिलनटोलमा सडक कालोपत्रे पिच कार्यको अनुगमन गर्दै
नगर प्रमुख प्रकाश अधिकारीले आफुले भ्याए सम्म सबै वडाको पूर्वाधार विकास निर्माणको अनुगमन गरिहेको बताउदै
टोखा नगरपालिकाभित्र प्रत्येक वडामा आजभोली ४–५ ओटा योजनाको काम भइरहेको देखेर
सबैतिर जनता नगरपालिकाको कामले खुशी भएको बताए ।

टोखा नगरपालिकामा पूर्वाधार विकास निर्माणका काम करिव–करिव अन्तिम अवस्थामा पुगेको हुँदा मेयर उज्यालो कार्यक्रमबाट सबै वडाको टोलटोलमा बत्ति राख्ने काम केही दिनमा सुरु हुने नगर प्रमुखले बताउनुभयो ।
नगर प्रमुख प्रमुख प्रकाश अधिकारीले नगरपालिकाले भौतिक संरचना निर्माण र सडक पूर्वाधारलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको र “संविधानले दिएको अधिकार पूर्णरुपमा कार्यान्वयन गर्नका लागि नगरपालिकाको संस्थागत क्षमता वृद्धि, पूर्वाधार विकास, प्रशासनिक भवन निर्माण, वडा कार्यालयका भवन निर्माणलाई प्राथमिकमा राखेका छौँ,” उहाँले भन्नुभयो । साथै नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले टाेखा नगरपालिकाले १२ करोड लागतमा टोखा–७ मैजुहिटीमा नगरपालिकाको प्रशासनिक भवन निर्माण गरिरहेको छ भने टोखा–९ को गोँगबु र वडा नं ११ को महादेवटार हाइटमा वडा प्रशासनिक भवन निर्माण भइरहेको जानकारी दिनुभयो ।

