• TOKHA LIVE

    • ३ जेष्ठ २०७७, शनिबार १२:१६

    १ सय ८ बर्षकी यी बृद्धाले संसार हल्लाउने भाईरसलाई जीवनमा दोश्रो पटक यसरी गरिन् परास्त:-

    द न्यूयार्क टाइम्स

    न्युजर्सीस्थित एक १०८ बर्षीया बृद्धाले कोरोनालाई जितेर सामान्य जीवनमा फर्किएकी छिन् । ती १ सय ८ वर्षीया बृद्धाले १०१ बर्ष पहिले सन् १९१८ को स्पेनिस फ्लुलाई समेत परास्त गरेको जनाइएको छ । पाँच करोड मानिसको ज्यान लिएको तात्कालिन स्पेनिस फ्लुको संक्रमण हुँदा सिल्भिया गोल्डसेल भर्खर ७ बर्षकी थिईन् । १०१ बर्ष पछि सेल्भियाले विश्व हल्लाई रहेको कोरोनालाई पुन: परास्त गरेकी हुन् ।

    न्युजर्सी राज्यको एलेनडेल शहरको एक नर्सिङ होम (बृद्धाश्रम) मा बसोबास गर्दै आएकी सिल्भियालाई गत महिना अप्रिलमा कोरोना संक्रमण भएको थियो ।अहिले सेल्भिया न्युजर्सी राज्यमा कोरोना निको हुने सबैभन्दा जेष्ठ नागरिकको सुचीमा परेकी छिन् । बिहीवार न्युजर्सी गभर्नर फिल मर्फीले सिल्भियाको स्वास्थ लाभमा खुसी ब्यक्त गर्दै उनको आत्मशक्तीको प्रसंसामा ट्विट गरेका थिए । कोरोना संक्रमणबाट मुक्त भएकी सिल्भियाले भनें “मैले कोरोनालाई जितें किनकी मसँग यस्लाई जित्छु भन्ने दृढ विश्वास थियो” भन्ने प्रतिकृया दिएकी छिन् ।

    यस अगाडि अमेरिकाको ओरेगन राज्यस्थित दोश्रो विश्व युद्ध लडेका दुई सिपाहीले कोरोना जितेका थिए । ओरेगनका ९५ बर्षीया बिली केली र १०४ बर्षीया विलियम ल्याप्सचीले कोरोनालाई परास्त गरेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै