• TOKHA LIVE

    • २६ मंसिर २०७७, शुक्रबार ०६:४२

    टाेखा वडा-२ मा बेवारिसे अवस्थामा भेटिएको एक शिशुलाई स्थानीय ,जनप्रतिधि र प्रहरीको पहलमा कान्ति अस्पताल पुर्याइयो।

    टाेखा लाइभ / नविना श्रेष्ठ
    मंसिर २६ ,२०७७

    टोखा नगरपालिका वडा २ अन्तर्गत फैदाचाको दोबाटोमा हिजो बेवारिसे अवस्थामा एक शिशु  भेटियोे । बिहानीको झिसमिसेको समयमा स्थानीयहरूले देखे पछि वडा-२ का जनप्रतिनिधिहरुलाई खबर पुगे संगै प्रहरीलाई खबर गरेको टाेखा नगरपालिका वडा- २ का सदस्य हेराकाजी डंगोलले जानकारी दिए ।

     

    स्थानीय , जनप्रतिनिधिको पहलमा प्रहरीद्धारा उक्त शिशुलाई कान्ति बाल अस्पताल पुर्याएका थिए ।  काठमाण्डौको महारागन्ज प्रहरी प्रशासनद्धारा शिशुलाई कानुनी प्रक्रिया अनुसार बाल मन्दिरलाई हस्तान्तरण गरिएको  वडा- २ का सदस्य हेराकाजी डंगोलले बताए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै