टाेखा लाइभ मंसिर २५ काठमाडौं :
नेपालमा थप १ हजार २ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।
काठमाडौं उपत्यकाका थप चार सय चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ सय २८ जना काठमाडौं, ५१ जना ललितपुर र २५ जना भक्तपुरका रहेका छन् ।
पछिल्लोे २४ घण्टामा थप १ हजार ६४ जना कोरोना संक्रमण मुक्त भएका छन । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३१ हजार ६ सय एक पुगेको स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयले बताएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणवाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनवाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ६३ पुगेको मन्त्रालयले बताएको छ।

