• TOKHA LIVE

    • August 20, 2025

    टोखा १ मा भव्य महिला सांस्कृतिक कार्यक्रम र तीज गीत/दोहोरी प्रतियोगिता

     

    टोखा, भदौ ५
    नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज २०८२ को अवसरमा टोखा नगरपालिका वडा नं. १ ले विशेष महिला सांस्कृतिक कार्यक्रम तथा तीज गीत/दोहोरी प्रतियोगिता आयोजना गर्ने भएको छ। मौलिक लोक गीत र परम्परागत संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यो कार्यक्रमलाई भव्य बनाउन तयारी भइरहेको वडाले जनाएको छ।

    कार्यक्रमअन्तर्गत झोर टोल स्तरीय तीज गीत प्रतियोगिता पनि हुनेछ। इच्छुक समूहहरूले आफ्नो नाम भदौ ५ गतेभित्र वडामा दर्ता गराउनुपर्नेछ। प्रत्येक समूहमा कम्तीमा ४ जना महिला सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ। उत्कृष्ट समूहलाई प्रथम, द्वितीय र तृतीय स्थानअनुसार आकर्षक पुरस्कार प्रदान गरिनेछ।

    यसबाहेक, कार्यक्रमलाई झनै रंगीन बनाउन चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। वरिष्ठ गायक नवीन पौडेल, गायक सुरेन्द्र लामिछाने, गायक सुरेन्द्र अधिकारी, गायीका निलमि बुर्देली, उमा विजयी, अनिता लामा, लक्ष्मी परियार, पुनम बस्याल, गिता थुलुङ, पुष्पा बस्याललगायतका लोकप्रिय कलाकारहरूले तीजको उल्लासलाई झनै रमाइलो बनाउनेछन्।

    कार्यक्रम भदौ १० गते मंगलबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म त्रिवेणी सदन मावि, झोर महाँकाल, काठमाडौंको प्राङ्गणमा हुने जनाइएको छ।

     

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै