• TOKHA LIVE

    • २५ मंसिर २०७७, बिहीबार १७:४४

    उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्वाचित क्षेत्र काठमाण्डौ मनपा, टाेखा र बुढानीलकण्ठमा सहभागिता सहितको श्रमदान अभियान घोषणा :-

    टाेखा लाइभ / नविना श्रेष्ठ
    मंसिर २५,२०७७

    उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको काठमाण्डौ क्षेत्र नं ५ अन्तर्गत रहेको प्रदेश २ काठमाण्डौ सम्म फैलिएको निर्वाचित क्षेत्रमा आफ्नो योगदान सक्रियका साथ सहभागिता सहितको श्रमदान अभियान घोषणा गरिएको छ।

    काठमाण्डौ क्षेत्र नं ५(२) वाट बागमती प्रदेशमा निर्वाचित प्रदेश सभा सभा सदस्य दिपक निरौलाको संयोजनमा भएको योजना तथा कार्यकम सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि उपप्रधानमन्त्री ईश्वर पोखरेलले सो अभियानको घोषणा गरेका हुन्।

    काठमाण्डौ क्षेत्र नं ५ प्रदेश २ मा काठमाण्डौ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिका का १२ वाट वडाहरू रहेकोमा बागमती प्रदेशको निर्वाचित क्षेत्रमा काठमाण्डौ महानगरपालिकाको वडा ३ बुढानीलकण्ठ नगरपालीकाका वडा ३,४,५,६,७ र टोखा नगरपालिका वडा २,३,४,५,६ ,७ सम्मको वडालाई समेटेको छ।

    काठमाण्डाै क्षेत्र नं ५ काे प्रदेश निर्वाचित क्षेत्र ५(२) मा आर्थिक वर्षमा संचालन हुने विकास योजना तथा कार्यक्रमहरूको विवरण सार्वजनिकीकारण संगै क्षेत्रका जनताहरूको प्रत्यक्ष र सक्रिय सहभागिताका लागि मेरो क्षेत्र मेरो याेगदान सक्रिय सहभागिता सहित श्रमदान अभियान संचालन गरिने जानकारी दिएका छन्। अभियान अन्तर्गत क्षेत्रका जनतालाई प्रत्यक्ष श्रमसंग जोडेर विकासमा जनता जनप्रतिनिधि र जिम्मेवार निकाय बिचको नमुना सहकार्य शुरू गर्ने जानकारी दिनुभयो।

     

    उक्त योजना सार्वजनिकीकारण कार्यक्रममा काठमाण्डौ क्षेत्र नं ३ वाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नेकपा काठमाण्डाै अध्यक्ष कृष्ण राई, बागमती प्रदेश सभा सदस्य तथा नेकपा केन्द्रिय सदस्य नारायण सिलवाल, बागमती प्रदेश सभा सदस्य सिता लामा, बागमती प्रदेश सभा सदस्य भिमसन खत्री, बुढानीलकण्ठ नगरपालिका प्रमुख उद्धब खरेल, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, बुढानीलकण्ठ उपप्रमुख राम राई, टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले, नेकपा काठमाण्डौ जिल्ला कमिटी सदस्य नारायण भाई श्रेष्ठ, धुर्ब पाण्डे, जिल्ला कमिटी सदस्य तथा बुढानीलकण्ठका ३ वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ, नेकपा बुढानीलकण्ठ नगरपालिका अध्यक्ष रबिन अधिकारी, टोखाका अध्यक्ष दिपक बानिया, नेकपा बुु. न. पा. का सचिव प्रदीप डंगोल, टोखाका सचिव सत्य नारायण डंगोल, टोखा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रदीप पौडेल, बु. न. पा. का, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, बु. न. पा. का, न. पा. का प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ सापकोटा सहित उक्त निर्वाचित क्षेत्रका १२ वाट वडाबाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरु र नेकपा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

     

    काठमाण्डौ क्षेत्र नं ५ मा रहेको काठमाण्डौ महानगरपालिका बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका १२ वाट वडामा संघीय सांसदको स्थानीय क्षेत्र पूर्वाधार कार्यक्रम र प्रदेश सभा सदस्यको प्रदेश पूर्वाधार विकास कोष अन्तर्गत आव २०७७/०७८ मा संचालन हुने योजना तथा कार्यक्रमहरु सार्वजनिक गरिएको थियो।

    वडा र क्षेत्रमा संचालन हुने विकास निर्माण र अन्य योजनामा भैतिक, आर्थिक, प्राविधिक, सामाजिक योगदान गर्नका लागि क्षेत्रवासी सार्वजनिक आब्हान गर्ने तयारी गरिएको बताउँदै निरौलाले जनता र जनप्रतिनिधि जोड्ने पुलको रुपमा बिकास योजना संचालन गर्ने जानाकारी दिइएका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै