• TOKHA LIVE

    • २४ मंसिर २०७७, बुधबार १६:४७

    टोखा नगरपालिकामा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ३४३५ पुग्यो।

    टाेखा लाइभ / नविना श्रेष्ठ
    मंसिर २४,२०७७

    टोखा नगरपालिकामा पछिल्लो २४ घन्टामा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टिभए पछि संक्रमितको संख्या ३४३५ पुगेको छ। कोरोना सङ्क्रमित महिला सख्या १४९२ जना रहेको र पुरूष संख्या १९४३ जना रहेका छन्। हाल सम्म सर्किय संक्रमितको सख्या १६९ जना रहेका छन्। जसमध्ये निको भएका सख्या भने ३२५७ जना रहेका छन्। कोरोना भाइरस कोभिड-१९ बाट मृत्यु हुनेको संख्या भने ९ जना पुग्यो।

    मंसिर २३ गतेको नगरपालिकाको विवरण अनुसार संक्रमित महिला सख्या ७ जना रहेको र पुरूष संख्या ११ जना रहेका छन्। जम्मा संक्रमित सख्या १८ जना रहेको छ। संक्रमण भएको संक्रमित होम आइसोलेसनमा वस्ने १८ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    संक्रमण भएको संक्रमित हाल सम्म PCR परीक्षण गरिसकेकाहरुको सख्या भने ६५८६ जना रहेका छन्। कुल सम्पर्कमा परिक्षण गरीसकेका हरूको सख्या ४०१८ जना रहेका थिए। CICT Team ले १८ जनाको case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनमा रहेका संक्रमित संख्या २ जना र हाल सम्म सेवा लिनेको सख्या १५३ जना रहेको उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै