• TOKHA LIVE

    • २३ मंसिर २०७७, मंगलवार १८:०८

    मिर्मिरे बचत तथा ऋण सहकारी संस्थाको नव निर्मित भवनको समुद्वघाटन

    टोखा लाइभ/मंसिर २३

    टोखाको सर्वोउत्कृष्ट सहकारी संस्था मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लिमीटेडको नव निर्मित भवनको १४ औं वार्षिक साधारण सभामा मंगलवार समुदघाटन गरिएको छ । मिर्मिरे बचत तथा ऋण सहकारीको समुदघाटन सामुहिक रूपले रिवन काटेर गर्नुभएको हो ।

    समुदघाटन समारोहलाई सम्बोद्धन गर्दे कार्यक्रमका प्रमुख अतिथि नारायणमान बिजुक्छेले सहकारीमा अब शेयर सदस्यहरूले पैसा कमाउने उद्देश्यको अन्त्य गरी जनतालाई सेवा प्रवाह हुने किसिमले काम गर्नु पर्ने  बताउनु भयो । सहकारीले जनता खुशी बनाउने अभियान सहकारीले थालनी गर्नुपर्नेमा वहॉले जोड दिनुभयो । अब सहकारीले कृषि उत्पादन र रोजगारीमा जोड दिनुपर्ने बताउनुभयो । उत्पादनमुलक र रोजगारीमुलक क्षेत्रमा रहेर लगानी र कार्य गर्न सके गरिवी न्यूनिकरणमा महत्वपूर्ण भुमिका खेल्ने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले बताउनुभयो जसले गरिवीको अन्त्य गर्न सहयोगी हुने उहाको दाबी पनि छ ।

    समुदघाटन समारोहमा बोल्दै टोखा नगरपालिका वडा नं -२ का वडा अध्यक्ष दिपक राज जोशीले नेवारी परंम्परागत शैलीमा नव भवनको निर्माण गरेर टोखा संस्कृति क्षेत्रमा एउटा ईट्टा थपेको बताउनु भयो। “ यो भवन मौलिक र उत्कृष्ट डिज़ाइनमा बनेको छ। यसले हामीलाई सोच्न वाध्य वनाएको छ। यसको लागि म मिर्मिरे बचत सहकारीलाई शुभकामना दिन चाहन्छु “। यसमा आफुले सक्दो सहयोग गर्ने वहॉले बताउनु भयो । टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलले टोखामा मौलिक परंम्परागत घरहरू हराउँदै गएकोले मिर्मिरे सहकारीले नेवारी शैलीमा भवन निर्माण गरेकोले सम्पदा जोगाउन सफल भएको दाबी गर्नुभयो ।

    टोखा नगरपालिका वडा नं-३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठले धनी र गरिवी बिचको खाडल पुर्न टोखामा रहेको सहकारीले राम्रो भुमिका निर्वाह गरिरहेको बताउनुभयो । टोखालाई सॉस्कृतिक सम्पदा अभियानलाई अगाडी पुर्याउन यस मिर्मिरे सहकारीले अहम भुमिका खेलेको सिंहराजको भनाई छ ।

    नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले टोखा मिर्मिरे सहकारी उत्कृष्ट भएको दाबी गर्दे यस संस्थाले गरेको काम र पाएको सफलताले अन्य सहकारी संस्थाको प्रेरणा बनेको बताउनुभयो ।

    नयॉ किरण सहकारीका प्रतिनिधि सत्य नारायण डंगोलले मिर्मिरे सहकारीको युवा नेतृत्वले गर्ने हरेक कार्य सफल हुने बताउदै सम्पदा संरक्षणमा उदाहरण बनेको बताउनुभयो ।

     

    कार्यक्रममा संस्थाका अध्यक्ष राजवीर डंगोलले आफ्नो मन्तव्य व्यक्त गर्दे २०६४ सालमा स्थापना भएको यस सहकारीले टोखाका जनताहरूलाई सेवा प्रदान गर्दे आईरहेको बताउनुभयो । फजुल खर्च कम गर्दे बचत गर्ने बानीको विकासका लागि पैसा बचत संकलन बाट सहकारीको सुरुवात भएको बताउदै अब पनि सदस्य र जनताको हितका लागि कार्य गर्दे जाने बताउनुभयो ।एक रूप र एक मन नै भवनको उपलब्धि हो।

    कार्यक्रममा ज्ञानकृष्ण खडका नील बाराही साकोस , टोखा नगरपालिका सहकारीकी प्रमुख कमला कार्की , बागमती प्रदेश ऋण सहकारी संघका सन्चालक कृष्ण गोविंद लाखाजुले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    समुदघाटन समारोहको संचालन संस्थाका सचिव सानुबाबु श्रेष्ठले गर्नुभएको थियो भने अध्यक्षता संस्थाका सभापति राजवीर डंगोलले गर्नुभएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै