• TOKHA LIVE

    • २३ मंसिर २०७७, मंगलवार १४:२५

    टोखा नपा वडा ५ मा एकै साथ दुई योजनाहरु स्थानीय क्लवको सहकार्यमा सम्पन्न हुँदै:-


    टाेखा लाइभ / शोभा तामाङ

     मङ्सिर २३ काठमाडौं ।
    टोखा नगरपालिका वडा नं. ५ मा सामाखुसी खोला तटबन्ध निर्माण कार्य सम्पन्न भइ संचालनमा आएको छ। गत वर्षायाममा खोलाको तटबन्ध भत्किएर बाढि बस्तीमा नजिक पुगेको थियो । टोखा नगरपालिका वडा नं. ५ को बजेटमा सम्पन्न भएको उक्त आयोजनाको सम्झौता रकम रु. ९,५२,७३७ रहेको छ । जसमा उक्त तटबनध निर्माणको लागि वडा नम्बर ५ को बजेट ८,६०,००० र स्थानीय जनश्रमदानबाट ९२,७३७ बराबरको सहयोगमा खोला तटबन्ध निर्माण कार्य सम्पन्न गरिएको हो । खोला तटबन्ध निर्माणका लागि उपभोक्ता समितिमा टोखा प्रगतिशील युवा क्लबले टोखा नगरपालिकामा सम्झौता गरि निर्माण प्रक्रिया अघि बढाइएको थियो ।

    त्यसैगरी बसुन्धारा शिर्जनशिल सामुदायिक भवन निर्माण कार्य भइरहेको छ। टोखा नगरपालिका वडा नं. ५ को बजेटमा सम्पन्न हुन लागेको उक्त आयोजनाको सम्झौता रकम रु २२,५५,२१४ रहेको छ ।

    साथै उक्त भवनमा वडा नम्बर ५ को २० लाख र स्थानीय जनश्रमदानबाट २ लाख ५५ हजार बराबरको सहयोगमा भवन निर्माण हुन लागेको हो । भवन निर्माणका लागि उपभोक्ता समितीमा शिर्जनशिल बसुन्धारा सामुदायिक संस्थाले टोखा नगरपालिकामा सम्झौता गरि निर्माण कार्य गरिरहेको छ।

    टोखा–५ का वडा अध्यक्ष जगन्नाथ ढकालका अनुसार दुबै निर्माण कार्य गरि जम्मा ३२,०७,९५१ को लागतमा सम्पन्न हुने र यसैगरि आगामी दिनहरुमा पनि स्थानीय संघ संस्थाहरुसँग समन्वय गरि स्थानीय निर्माण तथा गतिविधिहरु सञ्चालन गरिने जानकारी दिनुभएको छ ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै