टाेखा लाइभ /नविना श्रेष्ठ
मंसिर २० ,२०७७
टोखा नगरपालिका र बुढानीलकण्ठ नगरपालिका बीच अल्फा हाउस नयाँ बानेश्वर काठमाडौँमा प्रारम्भिक बालविकासका सम्बन्धमा नगर प्रतिनिधिहरुसँगकाे अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कोभिड-१९ कोरोना भाइरसलाई मध्ये नजर गरी भौतिक दुरी कायम गरी कार्यक्रम अगाडि बढाएको चायल नेपालका अध्यक्ष श्रीकृष्ण सुवेदीले औपचारिक रुपमा कार्यक्रम अगाडि बढाउनु भएको थियो। बाल विकासका लागि एक नमूना नगर चुनिदा हामीले टोखा नगर बुढानीलकण्ठ नगरलाई चुनेको सुवेदीले बताए। लामो समय देखि क्रियाशील हुन खोजेको यो क्षेत्र झण्डै लगभग ९बर्ष सम्म काम गर्ने भनेर समझदारी गर्दै अन्तराष्ट्रिय संग अनुमति प्राप्त भएको जानकारी दिएका छन्।बाल बिकास सम्बन्धित तह भनेको अहिलेको स्थानीय तह भएकोले बालबालिका समिति पालिका स्थानीय तहको बढी जिम्मेवारी रहेको अध्यक्ष सुवेदीले बताउनुभयो। १८ वटा सामुदायिक विद्यालय भएका कक्षाहरू अब नमुना कक्षा बन्नुपर्ने बाल विकास चायल नेपालको उद्देश्य रहेको सुवेदीले बताएका थिए।३ वर्ष बितिसकेको तर पनि अधिकारमा पाइने १२ कक्षा सम्मका बालबालिकाहरूको विकासका लागि अब स्थानीय तह जिम्मेवारी र अधिकार दिनुपर्ने नेपाल सरकारलाई माग गरिएको प्रारम्भिक बालविकासका (चायल नेपाल) अध्यक्ष श्रीकृष्ण सुवेदीले सबैमा जानकारी दिनुभयो। टोखा नगरपालिका र बुढानीलकण्ठ नगरपालीकामा रहेको सामुदायिक विद्यालयका नमुना कक्षा सुरु गर्दा देशका कुना- कुना देखि नमुना कक्षा हेर्न आओस् , र नमुना नगरको नाम लिँदा टोखा र बुढानिलकण्ठको नाम लिओस हाम्रो चाहना रहेको बताए।
संविधानले बालअधिकारका सवालमा सम्पूर्ण बालबालिकाहरूको अधिकारलाई मौलिक हकका रूपमा व्यवस्थापन गरिएको छ। संविधानका तिभावनाहरू ती संविधानमा रहेका कुराहरुलाई कार्यान्वयन गर्ने भनेको देशका ऐन कानुन र संरचनाहरु हुन्। देशको ऐन कानुन र संरचना हुँदै जाँदा प्रत्यक्षरुपमा बालबालिकासँग जोडिने भनेको स्थानीय तह भएकोले स्थानीय तहमा नीतिहरु र संरचनाहरु बालमैत्री बन्नुपर्ने अध्यक्ष सुवेदीले बताएका छन्। बालबालिकाको लागि बालअधिकार समितिको व्यवस्था पनि छ। त्यो समिति निर्माण गर्ने समयमा उपप्रमुख वडाध्यक्षको अध्यक्षतामा पालिका स्तरीय समिति परिकल्पना गरिएको छ संविधानले त्यसलाई ऐन ले पनि व्यवस्था गरिएको छ तर यसलाई हामीले पनि गर्न नसकेको दुःख व्यक्त गर्नुभयो। नेपाल सरकारलाई यसै कार्यक्रमबाट बालविकासका लागि शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई नै दिनुपर्ने माग गरेको छ। अधिकार लिनुपर्छ यदि नदिए खोसेर भएपनि लिनुपर्ने जनप्रतिनिधि हरुलाई बाल विकासका अध्यक्ष श्री कृष्ण सुवेदीले प्रतिवद्धता व्यक्त गर्नुभयो।
बाल विकासका निम्ति हामीले वालवालिका लाई अहिले देखि शिक्षाका जग बलियो बनाउनु पर्ने र प्रारम्भिक बाल विकास भन्नाले मानव जीवनमा गर्व अबस्था देखि ८ वर्ष सम्मको उमेरलाई बुझ्नुपर्ने र सर्वागिङ बाल विकासको पहिलो केही उमेर समूह आठ वर्षकोलाई हामीले लिनुपर्छ। त्यो भनेको शारीरिक सामाजिक संवेदनात्मक वौद्धिक र भाषिक यी सबैमा विकास हुनुपर्ने बाल विकासका विज्ञ भिजिटिङ फ्याकल्टी काठमाण्डौ विश्वविद्यालय स्कूल अफ एजुकेशन का डा. मिनाक्सी दाहाल ले जानाकारी दिइएको छिन्। प्रारम्भिक बालविकासका मुख्य कुरा उमेरअनुसारको दिने सेवा हरू को अवस्था फरक हुन्छ।बालबालिकाहरुलाई के कस्ता कार्यक्रम गर्ने, कसरी गर्ने, कुन भाषामा कार्यक्रमहरु संचालन गर्ने भन्ने विषयमा हामी सचेत हुनुपर्ने बताउनुभयो।
एक समुदाय बाट अर्को समुदायमा भाषा फरक हुन सक्छ ,गर्भवस्थाको भाषा, मातृभाषा, राष्ट्रीय भाषा, अन्तर्राष्ट्रिय भाषा फरक हुने भएकोले भाषा अनुसारले पनि कार्यक्रम संचालन गर्नुपर्ने दाहालले बताएका छन्।

प्रारम्भिक बालविकास कसरी गर्ने सामुदायिक विद्यालयहरुमा बाल कक्षहरू कसरी व्यवस्थित गर्ने भन्ने विषयमा टोखा नगर ,बुढानीलकण्ठ नगर सबैले यसमा ध्यान नदिएको होइन तर स्थानीय एक्लैले मात्र गरेर नहुने टोखा नगरपालिकाका उपप्रमुख यसै कार्यक्रमका प्रमुख अतिथि ज्ञानमाया डंगोलले सबैमा जानकारी दिइन्। प्रारम्भिक बालविकासका लागि सामुदायिक विद्यालयहरुमा नमुना कक्षा सञ्चालन गर्न अब चायल नेपालसँग अझ बढी सहकार्यका साथ कक्षा सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो। सामाजिक सञ्जालमा आजभोलि धेरै शिशुहरुको नाङ्गो फोटो पोस्ट गरेको देखिन्छ। शिशुहरुको त्यो नाङ्गो फोटो पोस्ट गरेकोले पनि बाल अधिकार हानन् भएकोमा डंगोलले दुःख व्यक्त गर्नुभयो।

भौतिक रुपमा उपस्थित हुन नसकेपनि भर्चुअल वाट उपस्थित भई प्रारम्भिक बालबालिकाका लागि बालविकास अगाडि वढाउन युनिफेसको पनि साथ रहेको र प्रारम्भिक बाल विकासमा योजनाहरु बनाउने हो भने महत्वपूर्ण कुरा गर्भवस्था देखि चाहिने सेवा सुविधा शिक्षा स्वास्थ्य सबै बालबालिकाले पाउने सेवाहरु कार्यान्वयनमा ल्याउन स्थानीय तहले प्रारम्भिक बालविकासको लागि योजनाहरु बनाउन सकिने युनिफेसका विषेशज्ञ डा. दिपु शाक्यले जानाकारी दिएका छन्।
४१ वाट पालिका र ५ वाट जिल्लामा प्रारम्भिक बालविकासका लागि कार्यशाला गरिसकेपछि ४१ वटा पालिकाका जनप्रतिनिधिहरूको बुझाई एकदम राम्रो भएको र सबै पालिकाहरु भने सम्पन्न नभएको बताउनुभयो। टोखा र बुढानीलकण्ठ सहरी नगरहरुले पनि यसलाई प्राभविक रूपमा अगाडी बढान सक्यो भने धेरै सहज हुने सबैमा शाक्यले आग्रह गर्नु भएको थियो। युनिसेफले बजेट दिएर कुनैपनि कार्यशाला अगाडि बढेको होइन उहाँहरु आफूले बजेट छुट्याएर विकासको लागि अगाडि बढेको र २०७६/२०७७ मा ४१ पालिकाले जम्मा गरी १४ करोड ८ लाख विनियोजन गरिएको छ । एउटा पालिकामा ३५ लाखको विनियोजन गरिएको शाक्यले बताए।
प्रारम्भिक बाल विकासका सम्बन्धमा नगर प्रतिनिधिहरुसँगकाे अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम मा उपस्थिति हुनु भएका कन्ट्री रिपिजेन्टेतिभका बुद्धि कुमार श्रेष्ठ, चायल नेपालका सचिव रत्न उप्रेती, टोखा शि. पू का बाबुराम गौतम, महिला बिकास निरीक्षक का विमला बाग्ले,(C.N) सविता खनाल, टोखा नगरपालिकाका वडा २ का सदस्य हेराकाजी डंगोल, वडा ३ का अध्यक्ष सिंह राज श्रेष्ठ, वडा ४ का अध्यक्ष धमेन्द्र श्रेष्ठ, वडा ९ का अध्यक्ष जोग प्र. नेपाल, टोखा वडा १० का अध्यक्ष मधुसुदन पाण्डे, वडा ११ का सदस्य महेश थपलिया, बु. न पा वडा ३ का अध्यक्ष बाल कृष्ण श्रेष्ठ र चायल नेपाल का निर्देशक मोहन दङ्गाल , वडा ५ का सदस्य हेल्सिबा तामाङ, वडा ६ का अध्यक्ष नविन के.सी, वडा १० का अध्यक्ष नवराज भट्टराई, वडा १२ का शम्भु प्र. भट्टराई , शा. अ शाखा का इन्द्र दाहाल, शिक्षा शाखा प्रमुख जगनाथ उपाध्याय, गै. स. स महासंघ जिल्ला शाखा काठमाण्डौका प्रदीप डंगोल, महिला शाखाका रोशनी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

