टाेखा लाइभ / नविना श्रेष्ठ
मंसिर १९,२०७७
टोखा नगरपालिकामा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। संक्रमण भएका संक्रमित संख्या ३३२६ जना पुगेको छ। कोभिड-१९ कोरोना भाइरस दिन प्रतिदिन बढ्दो क्रममा छ। हाल सम्मको संक्रमण भएको महिला संख्या १४३५ जना रहेको र पुरूष संख्या १८११ जना रहेका छन्। संक्रमित संख्या बढ्दो क्रमसँगै सक्रिय संक्रमित संख्या १९० जना रहेका छन्।
निको हुनेको संख्या ३१२७ जना रहेको नगरपालिकाको विवरण अनुसार तथ्याङ्कले जनाएको छ।
मंसिर १८ गतेको नगर विवरणले दिइएको वडा गत विवरणअनुसार महिला संख्या ५ जना रहेको र पुरुष संख्या ६ जना रहेका छन्। होम आइसोलेसनमा १० जना रहेको र अस्पतालमा १ जना मात्र रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
वडा गत विवरण अनुसार:-
वडा नं ३ मा ६ जना
वडा नं ४ मा २ जना
वडा नं ७ मा २ जना
वडा नं १० मा १ जना गरि जम्मा ११ जना रहेका छन्।
हाल सम्म कुल PCR परिक्षण गरेका संख्या भने ६५३६ जना रहेका छन् भने कुल सम्पर्कमा परिक्षण गरिएका सख्या ३९९८ जना पुगेकाे छ।CICT Team ले ११ जनालाई case Investigation गरेको छ।

