टाेखा लाइभ / नविना श्रेष्ठ
मंसिर १८,२०७७
टोखा नगरपालिकामा पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमण पुष्टि भएको छ। कोभिड-१९ कोरोना भाइरस संक्रमण भएका संक्रमितको संख्या ३३१५ जना पुगेको छ। हाल सम्म संक्रमित महिला सख्या १४३० जना रहेको र पुरूष संख्या १८८५ जना रहेका छन्। कोभिड-१९को संक्रमण भएका सकिय संक्रमित सख्या १९१ जना रहेका छन्। भने निको हुनेको संख्या ३१९५ जना रहेको र मृत्यु हुनेको संख्या ९ जना रहेको टाेेेखा नगरपालिकाको विवरण अनुसारको तथ्याङ्कले जनाएको छ।
मंसिर १७ गतेको टाेखा नगर विवरणले दिएको
वडा गत विवरण अनुसार महिला सख्या १४ जना रहेको र पुरूष संख्या २० जना रहेका छन्। भने होम आइसोलेसनमा ३३ जना रहेका छन्। अस्पतालमा १ जना मात्र रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
वडा गत विवरण अनुसार:-
वडा नं ३ मा ९ जना
वडा नं ४मा ५ जना
वडा नं ६ मा ७ जना
वडा नं ८ मा २ जना
वडा नं ९ मा २ जना
वडा नं १०मा ३ जना
वडा नं ११ मा ५ जना रहेको छ। सम्पर्क विहिन भएका १ जना गरि ३४ जना सक्रमित रहेका छन्।
हाल सम्म कुल PCR परीक्षण गरेका सख्या भने ६५३६ जना रहेका छन्। कुल सम्पर्क मा रहेर PCR परिक्षण गरेका मानिसहरुको संख्या भने ३९९१ जना पुगेका छन्। CICT Team ले ३४ जना लाई case Investigation गरेको छ।

