• हिक्मत / सानुराज / नविना
टोखा लाइभ मंसिर १३
ऐतिहासिक टोखा नगरी सम्पदा तथा वरिपरिको क्षेत्रलाई प्राचीन मौलिकतासहित ‘टोखा सम्पदा बस्ती’का रुपमा विकास गर्नेगरी तयार हुँदै गरेको गुरुयोजनाबारे छलफल भएको छ । 
गुरुयोजना तयार गरिरहेको टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितल्े परामर्शदाता प्रस्तुत गरेको प्रारम्भिक डिजाइनमाथि टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति तथा स्थानीय बुद्धिजीवीबीच छलफल गरिएको हो ।
छलफल कार्यक्रममा टोखा इन्जीनियरिंग एसोसिएशनका प्रमुख अष्ट श्रेष्ठ, नविन महर्जन,आईटी इन्जीनियर अशोक डंगोल, टोखा नगरपालिका वडा नं-२ का वडा अध्यक्ष दिपकराज जोशी, टोखा नगरपालिका वडा नं-३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ, भुपु गाविस अध्यक्ष कसिनारायण श्रेष्ठ, सदस्यहरूमा हरिमान श्रेष्ठ,हेरकाजी डंगोल, राममाया नेपाली , नेवा गुठी टोखाका अध्यक्ष रमेश नापित , गणेशमान श्रेष्ठ, मनिराज डंगोल सदस्यमा प्रकाश डंगोल , स्वकिय सचिव दीपेन्द्र श्रेष्ठ, स्थानीय समाजसेवी नेता अष्ट नारायण डंगोल सहितका टिमले टोखा बस्तीलाई सम्पदा बस्तीका रुपमा विकास गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रमा बोल्दै टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले भने- “ टोखा सम्पदा क्षेत्रले गुरुयोजनाले अन्तिम रुप पाएपछि सोही गुरुयोजनामा आधारित भएर क्रमशः टोखा सम्पदा निर्माण गर्दै जान सकिन्छ “।
टोखा नगरपालिका वडा नं-२ का वडा अध्यक्ष दिपक राज जोशीले हामीसंग बजेटको अभाव पनि छैन। हामी एक आपसमा मिलेका पनि छौं। प्रदेसका साथीहरू मिलेर आउनुस भन्नुहुन्छ।नगरपालिकाले पनि त्यही भन्छ। उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल पनि सोही कुरा दोहर्याउनु हुन्छ। तर पनि यहॉ खै के- के नमिलेको जस्तो लागिरह्को छ।बजेट राख्दा सधैजसो तल्लो तहको राख्नुहुन्छ। मुहान हाम्रै हातमा छ। खानेपानीमा समस्या यथावत छ। अझै पूर्ण समस्या समाधान गर्न सकेको छैन। ४० वटा सार्वजनिक धारा वनाउने योजना अझै साकार भएको छैन। विडम्बना ! यो छ कि डाडु पन्यौं अर्कोको हातमा छ तर समाउन सकेको छैन। गुरुयोजना निर्माण गरेर सम्पदा बस्तीका कार्यहरु अगाडि बढाउने अवधारण असाध्यै राम्रो कदम भएको बताउँदै त्यसमा समेट्नुपर्ने विभिन्न सम्पदाहरुबारे सुझाव दिनुभयो ।
“टोखा सम्पदा बस्तीको निर्माणले पर्यटकीय सम्भावनाहरुलाई सार्थक बनाउँदै यस क्षेत्रको आर्थिक सामाजिक विकासमा ठूलो टेवा पु¥याउने छ । त्यसैले सम्पदा बस्तीको अवधारणालाई मूर्तरुप दिन सबैपक्षको सहभागिता आवश्यक छ ।” नेवा गुठी टोखाका पूर्व अध्यक्ष देवराज डंगोलले बताउनु भयो।
टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिको कार्यशाला गोष्ठीमा ऐतिहासिक टाेखाका विभिन्न बिधाका ७ वटा समुहहरुमा (१) गित संगीत , बाजागाजा संरक्षण तथा दस्तावेज, संयाेजकमा- हेमराज श्रेष्ठ , (२) ऐतिहासिक वस्ति तथा तलेजु मन्दिर परिसर समूह,संयाेजकमा – देवराज डंगोल,( ३) भुटखेल परिसर समूह ,संयाेजकमा सुर्यमान डंगोल ,(४) गलेपार्क परिसरसमुह , संयाेजकमा- राष्ट्रमान श्रेष्ठ (५)सपनतिर्थ परिसर समुह ,संयाेजकमा- अष्टनारायण डंगोल ,(६) चण्डेश्वरी परिसर समुह ,संयाेजकमा- समीर श्रेष्ठ ,(७) सरस्वती परिसर समुह संयाेजकमा- राधेश्याम श्रेष्ठ,समुहहरुको गठन गरि बृहत कार्यशाला गोष्ठीबाट सुझाव संकलन गरिएको थियो।
समुहहरुको गठन गरि बृहत कार्यशाला गोष्ठीबाट आएको सुझाव माथी टिप्पणी तथा निक्र्योल समुहका संयाेजक सत्यनारायण डंगोलले संकलन गरिएका सुझावहरुलाई टिप्पणी गर्नुभएको थियो। सो टिप्पणी तथा निक्र्योल समुहमा टाेखा नगरपालिकाका वडा २ का अध्यक्ष दिपकराज जोशी र ३ वडा का अध्यक्ष सिंहराज श्रेष्ठ , रमेश नापित , मनिराज डंगोल र प्रकाश डंगोल रहेका छन्।
कार्याशाला गोष्ठीमा टोखा नगरपालिका उप – मेयर ज्ञानमाया डंगोलले टोखा सम्पदा बस्ती पुनर्निर्माणका लागि सबैसंग हातेमालो गर्दे एकताबद्द रूपमा हात मिलाएर अगाडी बढेको खण्डमा मौलिकता परिवर्तन गर्ने गरी झल्काउन सकिन्छ ।
उप मेयर ज्ञानमाया डंगोलका अनुसार टोखा सम्पदा क्षेत्रमा बन्ने घरको अगाडिको भाग नेवारी मौलिक ढाँचामा बनाउन शुरूमा २० लाख रुपैयाँ सहयोग गरेको पछि यसलाई बढाएर त्यहाँको पूर्वाधार निर्माणका लागि प्रत्येक बस्तीलाई ५२ लाख रुपैयाँका दरले बजेट उपलबध गराएको थियो। तर उक्त बजेट खर्च गर्न नसकी त्यसै फ्रिज भएर गयो। टोखा पुरानो वस्ती भएकोले नक्सा पास भएको छैन। हामी यसलाई समयमै नक्सा पास गरी बस्न लायक बनाऔं।पछि बिना जमिन बस्न दिदैन। हामी अल्पमत पर्न सक्छौं। यसमा हामी समयमै सोच विचार गरी पाईला चालौं।ज्ञानमाया डंगोलले बताउनु भयो।
टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका योजनाकार तथा माननीय उपप्रधानमन्त्री ईश्वर पोखरेलका निजि सचिव दिपेन्द्र श्रेष्ठ भन्छन-
“अरु केही काम छैन भनेर हामीले के काम गर्ने ? भनेर हामीले टाेखाको संस्कृति संरक्षण गर्न लागेको होइन यो त मानव सभ्यताले सृजना गरेको अनुपम आविष्कारको सृजनालाई हामी संरक्षण गर्ने काममा लागीरहेका छौं । जब हामी टाेखाको संस्कृति संरक्षणको लागि योगदान गरिरहेका हुन्छौं । हामीले टाेखाकाे लागी मात्रै होइन यो त समग्र मानव जातिको लागि, मानव सभ्यताको लागि विश्वमा रहेका ७ अर्व जनताको लागि काम गर्दैछौं भन्ने कुरा हामीले मनमा लिनुपर्छ। नेपालकै संस्कृतिको कुरा गर्दा चितवनको थारु संस्कृति,मध्य नेपालमा मगरको संस्कृति,पश्चिम नेपालमा खस संस्कृति यी सबै हाम्रो लागि गौरवको बिषय हो। यसै गरि टाेखाको हाम्रो नेवार संस्कृति यो टाेखाको संस्कृति र समग्र नेपालको संस्कृति मात्रै नभै समग्र विश्वकै भूगोलको गर्वको बिषय हो भन्ने स्थापित गर्नको लागि हामीले यो काम गर्दैछौं ।हाम्रो गन्तव्य लामो छ यो गन्तव्य पुग्न सयौं वर्ष लाग्ला तर यो यात्रामा हामी अगाडि बढिसकेका छौं ।” उनले भने।
गुरुयोजनामा पुराना टोखा सम्पदाको संरक्षण, गित संगीत,नृत्य तथा बाजागाजा संरक्षण, निजी घरहरुको अगाडि भाग मौलिक ढाँचामा पुनर्निर्माणका अलावा भख्य चौरको पिकनिक गर्ने स्थान, गले पार्क, सपनतिर्थ , चण्डेश्वरी, सरस्वती मन्दिर,पदमार्ग निर्माण, सार्वजनिक धारा तथा टोखावासीहरूको संरक्षण पनि संलग्न गरिएको छ । 
यसमा टोखा इन्जीनियरिंग एसोसिएशन, आईटी इन्जीनियर र टोखाका बुद्धिजीवी युवा वर्गले टोखा सम्पदा बस्तीको गुरुयोजना निर्माणको काम गरिरहेको छ । टाेखा नगरपालिका वडा ३ स्थित सदभाव बैक्वेटमा भएको टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिक कार्यशाला गोष्ठीको बिकाश श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

