• TOKHA LIVE

    • १३ मंसिर २०७७, शनिबार ०१:१९

    टोखा नगरपालिकामा थप १ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे संख्या ३१८८ पुग्यो।

    टाेखा लाइभ / नविना श्रेष्ठ
    मंसिर १३,२०७७

    टोखा नगरपालिकामा पछिल्लाे २४ घन्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या ३१८८ जना पुगेका छन्।  संक्रमित मध्ये  महिला सख्या १३६४ जना रहेको र पुरूष संख्या १८२४ जना रहेका छन्। जसमध्ये सक्रिय रहेका सङ्क्रमित सख्या १४५ जना रहेका छन्।

    कोरोना भाइरस वाट निको हुनेको संख्या ३०३४ जना रहेको र हाल सम्म मृत्यु हुनेको संख्या भने ९ जना रहेको छ। वडा नं ७ मा मात्र १ जना रहेको टोखा नगरपालिकाको विवरणले जनाएको छ। हाल सम्म कुल PCR परीक्षण गरेकाहरुको सख्या ६४८१ जना रहेको छ। भने मंसिर १२ गते सम्मको कुल PCR परिक्षण गर्नेको सख्या ६७ जना रहेका छन्। कुल सम्पर्कमा परिक्षण गरिसकेका हरुको सख्या ३९७६ जना पुगियो। CICT team ले १ जनाको case Investigation गरेको छ।

     

     

    टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनमा रहेका जम्मा कोरोना भाइरस कोभिड-१९ संक्रमण भएका संक्रमित सख्या १२ जना रहेका छन्। महिला सख्या ५ जना रहेको र पुरूष संख्या ७ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै