टाेखा लाइभ / नविना श्रेष्ठ
मंसिर १३,२०७७
टोखा नगरपालिकामा १६ दिने लैगिक हिंसा विरूद्धका कार्यक्रम सुरु भएको छ। यसपटक भने कोरोना भाइरस (कोभिड-१९) को महामारीले गर्दा भर्चुअल विधिबाट मानसिक स्वास्थ्य र मनोविमर्श नामक अन्तरक्रिया कार्यक्रम सुरु गरिएको छ। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको संयोजक टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोल को नेतृत्वमा विगतका वर्षहरूमा विभिन्न कार्यक्रमहरु हुर्दै आएको थियो। विगतका वर्षहरूमा भौतिक रुपमा उपस्थित भएर प्रत्येक वडामा लैगिक हिंसा विरूद्धका जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन हुँदै आएकोमा यस पटक भने १६ दिने अभियान अन्तर्गत २ दिन भर्चुअल विधिबाट कार्यक्रम सुरु भएको कार्यक्रमका संयोजक तथा टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोलले वताउनु भयो।

यो पटकको कार्यक्रम टोखा नगरपालिकाको आयोजनामा ओरेक नेपालको सहकार्यमा सुरू भएको उपप्रमुख ज्ञान माया डंगोलले बताउनुभयो। हिजो भएको कार्यक्रममा टोखाकासबै वडाका जनप्रतिनिधिहरु नगर शाखाहरुको प्रमुख तथा नगर भित्रका संघ- संस्थाहरुको प्रतिनिधिहरुले सहभागीता जनाएका थिए। भर्चुअल मिटिङ्गमा टाेखानगर उपप्रमुख ज्ञान माया डंगोलले कार्यक्रमका उदेश्य बारे जानकारी दिँदै स्वागत मन्तव्य राख्नु भएको थियोे । कार्यक्रमका प्रमुख अतिथि तथा टाेखा नगर प्रमुख प्रकाश अधिकारीले लैगिक हिंसा बारेमा आफ्ना मन्तव्य राख्नु भएको थियोे भने नगर महिला तथा बालबालिका शाखा निरीक्षक विमला वाग्लेले पनि आफ्ना विचार राखेकी थिइन्।

कार्यक्रमको प्रशिक्षक ओरेक नेपालका रुपा भट्टराईले मानसिक स्वास्थ्य र मनोविमर्श बारे भिडियो डकुमेन्ट्री सहित प्रशिक्षण दिनु भएको थियो। अर्को कार्यक्रम अबको यहि मंंसिर १९ गते दिइने टोखा नगरपालिकाकी उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिइन् ।

