टाेखा लाइभ / काठमाडौं
मंसिर ११,२०७७
टोखा नगरपालिकामा पछिल्लाे २४ घण्टामा थप ६९जनामा कोरोना संक्रमण पुष्टि भएपछि सङ्क्रमितको सख्या ३१८४ पुगेको छ। संक्रमण भएका महिला सख्या १३६१ जना रहेको र पुरुष सख्या १८२३जना रहेका छन्। कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या भने २९८९ जना पुगिसकेका छन्। हाल सम्म सक्रिय संक्रमितको संख्या १४६ जना रहेको टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
पछिल्लो २४ घण्टाको वडा गत विवरण अनुसार संक्रमित रहेका वडा मध्ये
वडा नं २ मा १ जना
वडा नं ३ मा ६ जना
वडा नं ४ मा ७जना
वडा नं ५ मा ४ जना
वडा नं ६ मा १७ जना
वडा नं ७ मा १४ जना
वडा नं ८मा ६ जना
वडा नं ९मा २ जना
वडा नं.१०मा ६ जना
वडा नं ११ मा १ जना
सम्पर्क नभएका ५ जना
गरी जम्मा ६९ जना रहेका छन्।

हाल सम्मको कुल PCR परिक्षण गरिसकेकाहरुको संख्या भने ६४१४ जना रहेका छन् भने सम्पर्क मा रहेर PCR परिक्षण गरेकाहरुको संख्या ३९७६जना रहेको छ। CICT Team ले ६९ जनालाई case Investigation गरेको छ।

