टोखा नगरपालिकामा अब देखी घर पालुवा कुकुर दर्ता गर्नुपर्ने भएको छ। टोखा नगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिको निर्णय अनुसार सबै घर पालुवा कुकुरहरुलाई अनिवार्य दर्ता गर्नु पर्ने तथा कुकुरहरुलाई जथाभावी दिशा पिसाब नगराइ सभ्य समाज निर्माण गर्नको लागि टाेखा नगरपालिकाले आग्रह गरेको छ। टाेखा नगरपालिकाले हिजो मंसिर ९ गते एक सूचना जारी गर्दै नगरपालिकाले सबै वडा कार्यालयहरुलाई यस सम्बन्धि सुचना सम्प्रेषण गर्न तथा स्वच्छ र सफा वातावरण निर्माणका लागि पहल गरिदिनका लागि सबै संग अनुरोध गरिएको छ।
टाेखा नगरपालिकाको सूचना :


