• TOKHA LIVE

      TOKHA LIVE

    • ७ मंसिर २०७७, आईतवार १०:०३

    टोखाको अलपत्र विकासका योजना अघि बढाउँनेछु: शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ

    • हिक्मत डंगोल

    टोखा लाइभ मंसिर ६

    टोखा लाइभ । नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले एेतिहासिक शहर टोखा नगरपालिका रहेका अलपत्र विकासका योजनाहरु अघि बढाउने बताएका छन्।

    शनिवार सपनतिर्थ मन्दिर परिसरमा भएको टोखा नेवा : गुठीको छैठौं अधिवेसनमा मुख्य अतिथिको रूपमा पाल्नु भएका मन्त्री श्रेष्ठले टोखाको वस्तु स्थिति हेरेर कामको अवस्था बुझेर रोकिएको विकासका योजनाहरु र डिपीआर लाई अघि बढाउने बताएका हुन् ।

    उनले भने, ‘ म अहिले भावनात्मक रूपले टोखासंग नजिक छु। किनकि भुमिगत कालखण्डमा टोखामै बसेर मैले राजनीति गरेका थियौँ, म प्रति आस्था राख्नु होला। तपाईंले बोलाएको खण्डमा म अवश्य नै आउँनेछु। म १५ वर्ष देखि यता आएको छैन। पहिलेको टोखा र अहिलेको टोखा निकै फरक पाएको छु। पहिले ईट्टा र माटोले वनेको टाेखा अहिले कंक्रिटको विशाल जंगल बनिसकको छ। अब त्यो पुरानो टोखालाई जीवन्त राख्नको लागि नयॉ पुस्ताको कॉधमा चुनौतिहरु आएको छ। पहिला संगै हातेमालो गर्दे काम गरेका टोखाका नेता बाबुलाल डंगोल र अष्ट नारायण डंगोलको के छ हाल-चाल ? वहॉहरू के गर्देछन? उनले प्रति प्रश्न गरे ।टोखाको भविष्य प्रति चिन्ता व्यक्त गर्दे टोखा नगरपालिका वडा नं-२ र ३ वडा अध्यक्षहरूसंगको समन्वयमा काम गर्ने उनले बताएका छन् ।

    यस्तै गरि टोखा नगरपालिका वडा नं-२ का अध्यक्ष दिपक राज जोशीले चण्डेश्वरीको डिपीआर तयार भएर पनि विकासका पूर्वाधारहरू अगाडी नबढेकोमा चिन्ता व्यक्त गरे । उनले भने- “ हामी नेवार भएर नै हामीलाई यहॉ विकास गर्नका लागि रोकावत गरेको छ। हामी हेला अनि हेपिएका छौं।हामी योजना वनाउँछौं।तर त्यसता लागि बजेट नै छैन भन्छन। जुन हामीलाई असह्य भएको छ।” दिपक राज जोशीले आक्रोश व्यक्त गरे।

    केही समय अघि टोखा शहरको बारेमा गीत लेखेर चर्चामा आउनु भएका लोक कवि राजभाई जकर्मीले टोखा नगर पनि विश्व सम्पदा सुचीमा हुनु पर्ने औल्याउँदै टोखाका नेवारी समुदायका युवाहरुलाई विभिन्न तालिमको ब्यवस्था गरी नेवारी भेषभुषा, संस्कृति तथा नेवारी परम्पराको जगेर्ना र संरक्षणको लागि लाग्नुपर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।उनले टोखाको बारेमा कविता सुनाउँदै दर्शक स्रोतालाई हँसाउन सम्म हँसाएका थिए।

    नेवाः गुठी टोखाको निवर्तमान अध्यक्ष देवराज डंगोलको अध्यक्षतामा सम्पन्न भएको अधिवेसनमा टोखा नगरपालिका वडा नं-३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ, सत्य नारायण डंगोल र देवराज डंगोल लगायतले पनि आफ्नो भनाइ राख्नु भएको थियो ।

    नेवाः गुठी टोखाको छैठौं अधिवेसनले २१ जना नयाँ कार्यसमिती निर्वाचित गरेको छ ।

     

    यसै गरी नेवा गुठी अध्यक्षमा रमेश नापित, वरिष्ठ उपाध्यक्षमा , सुर्यमान डंगोल, उपाध्यक्षमा रामलाल डंगोल , महा-सचिवमा हेरकाजी डंगोल , कोषाध्यक्षमा महेश्वरी डंगोल सर्वसम्मत रुपमा चयन भएका छन् । सदस्यहरुमा प्रकाश डंगोल,निरञ्जन डंगोल,राजकाजी श्रेष्ठ, हरिभक्त श्रेष्ठ ,दिया जोशी, हेरादेवी श्रेष्ठ, श्रीमाया डंगोल ,निशा डंगोल, सानुकाजी डंगोल ,प्रकाश डंगोल, सिद्धिलाल डंगोल ,राजिव श्रेष्ठ, हरी नारायण श्रेष्ठ,हरिकृष्ण श्रेष्ठ ,हरि बहादुर श्रेष्ठ र ज्ञानकाजी श्रेष्ठ चयन हुनु भएको हो।

     

    नवनिर्वाचित अध्यक्ष रमेश नापितले नेवारी समुदायका युवाहरुलाई विभिन्न तालिमको ब्यवस्था गरी नेवारी भेषभुषा, संस्कृति तथा नेवारी परम्पराको जगेर्ना र संरक्षणको लागि आफू लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै