• TOKHA LIVE

    • १ मंसिर २०७७, सोमबार १९:०५

    टोखा संस्कृति संरक्षित क्षेत्रको अक्षयकोषमा टाेखा नगरपालिकाको १ करोड : प्रकाश अधिकारी

    टाेखा लाइभ मङ्सिर १

    नेवाः गुथि तोखा र टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिको संयुक्त आयोजना भएको नेपाल सम्वत् ११४१ को अवसरमा न्हुदँया भिन्तुना लसकुस शुभकामना आदानप्रदान तथा साँस्कृति खलः पुचःलाई आज विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण सिमित सांस्कृतिक खल: पुचहरुलाइ सामाजिक दुरि कायम गरि नगरप्रमुख प्रकाश अधिकारीले रकम हस्तान्तरण गर्नुभएको छ। टाेखा तलेजु मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि टाेखा नगरप्रमुख प्रकाश अधिकारीले टाेखा संस्कृति संरक्षित क्षेत्र टोखाको कला, संस्कृति, मौलिक बाजागाजाको संरक्षण तथा त्यसको संरक्षणका लागि अहोरात्र खतिएकाहरुको सम्मानार्थ रु १ करोडको सांस्कृतिक अक्षयकोषको घोषणा गर्नुभएको छ।

    कार्यक्रममा टोखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मणिराज डङ्गोलले टोखा सांस्कृतिक संरक्षित क्षेत्र विकास समिति गठन भएको लामो समय भैसक्दा समितिको
    प्रमुख कार्य  अनुसार संरक्षित विकास समितिले टोखा प्राचीन बस्ती भित्रको परिवारको भरोसा भनेको संरक्षित क्षेत्र भित्र हाल कति घर संख्या र परिवार पर्छ? पछि नयाँ घरमा आउने हरुले पनि यहाँ सरक्षित हुनेहो कि पछि सरकारले हेर्ने सकिने बातावरण बन्ने हो कि होइन त्यो कारणले गर्दा संरक्षित क्षेत्र सीमांकन र घर परिवार संख्या टोखा सांस्कृतिक संरक्षित क्षेत्र विकास समितिले तत्कालै टोक्न र संरक्षण गर्न ध्यानाकर्षण गर्नुभयो।

    कार्यक्रममा सांस्कृतिक संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले हिजो बाजे बराजुले गर्दै आएको सांस्कृतिक बाजागाजा बजाउँदै मुस्किल रुपले हृदयदेखि नै यो मेरो हो भन्दै भावना बोकि अभिप्रेरित भै सांस्कृतिक योगदान दिने अग्रजहरुलाई सधै ब्यक्तिगत र राजनीतिक स्वार्थ नहेरी निस्वार्थ भावनाले सधै विभुषित गरिरहने बताउनुभयो।

    कार्यक्रममा नेवा दें दबुका केन्द्रिय सचिव एवं नेवा :गुठि टोखाका उपाध्यक्ष सत्यनारायण डंगोलले टोखा नगरपालिकाले ऐतिहासिक सम्पदा क्षेत्र टाेखा नगरपालिका वडा नम्बर २ र ३ वडा लाई समेटेर टोखा सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरेकोले आज नेवार समुदायको लागि एउटा अत्यन्त गौरवको विषय बनेर चर्चा हुँदै गइरहेको बताउनुभयो।

    कार्यक्रममा सांस्कृतिक संरक्षित क्षेत्र विकास समितिको अक्षयकोषमा गजराज जोशी ट्रष्टको २ लाख , भाजुमान डंगोलका छोराहरु भाइलाल डंगोल र भिन्देव डंगोलले २/२ लाख , स्व.जन्मराज श्रेष्ठको परिवारबाट २ लाख रकम र स्व.ज्ञानबिर डंगाेलकाे नामबाट नेवा गुठि अध्यक्ष देवराज डंगाेलबाट २ लाख अक्षयकाेष जम्मा गर्ने घोषणा गर्नुभएको थियो।

    कार्यक्रममा ४ महिना लामो चतुर्मास भजन गर्ने टोखाका ५ दाफा खल: र १ भजन खल:लाई नेवाः गुथि तोखाले
    गतवर्षदेखि दिँदै आएको खलपुच:हरुलाइ रकम हस्तान्तरण गरेको थियो। जेेष्ठ नागरिक भाइलाल डङ्गोलले चर्तुमास भजन गर्ने सपनतीर्थ दाफा खल:, इन्द्रायणी दाफा खल:,सहलुबी पिगद्य दाफा खल:,चण्डेश्वरी ईकुलाग दाफा खल:, जोरभीमसेन दाफा खलः ,चण्डेश्वरी भजन खलः लाइ ५/५ हजार नगद हस्तान्तरण गर्नुभयो। त्यस्तै टाेखा नगरपालिकाले दिदै आएको पुर्व जात्रा संचालनार्थ टाेेेखाका मुलनायके हेमराज श्रेष्ठलाई १लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो भने जिवित देवि गणेश कुमारी भरणपोषण लागि उहाँका अभिभावकलाई  २ लाख टाेखा नगर प्रमुख प्रकाश अधिकारीले  चेक हस्तान्तरण गर्नुभएको थियो। सपन तिर्थ धिमे खल:, सरस्वती धिमे खल:,भगवती ब्यान्ड बाजा खल: , सपनतिर्थ धा : खल:, टाेखा प्वाें खल: गणेश बासुरी खल: धमलटार र हरिहर भजन खल:लाई पनि नगरप्रमुख अधिकारीले चेक हस्तान्तरण गर्नुभएको थियो।

    कार्यक्रममा टाेखा नगरपालिका वडा २का अध्यक्ष दिपक राज जोशी , टाेखा नगरपालिका वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठ, गजराज जोशी ट्रष्टका अध्यक्ष मनिष जोशीले पनि आ-आफ्नो धारणा राख्नुभएको थियो।

    कार्यक्रममा टाेखा नगरप्रमुख प्रकाश अधिकारीले” हामीले परियोजना निर्माण गरेर सिंगो टोखा नगरपालिकाको लागि पूर्वाधारको विकास नै किन नहोस् संस्कृति संरक्षण क्षेत्र लाई सम्बन्धन र प्रवर्द्धन गर्नका लागि किन नहोस् आफ्नो टोखा नगरपालिकाको गक्ष अनुसार त्यसलाई अघि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ हामी अगाडि बढ्दै आयौ आज मलाई लाग्छ टोखा नगरपालिकामा केही हदसम्म भएपनि त्यो अमुर्त रुप लिएको छ त्यो अमुर्त रुप लिएको कारणले गर्दा आज टाेखानगरपलिकाको चर्चा हुने गरेको छ। यो जुन कार्य तपाई हामी मिलेर केहि हदसम्म भएपनि सफल गर्न सकेका छौं आज मलाई गर्व र खुसी लाग्छ टोखा नगरपालिकाको विभिन्न ठाउँमा छलफल संवाद र बिमर्श हुने गरेको कारणले हामीले केही भएपनि एक ईटा थप्न सकेका रहेछौं भन्ने आज महसुस हामीलाई हुन थालेको छ। यो महसुस गर्न को लागि यो सिंगो टाेखा नगरवासी आम दाजुभाइ दिदीबहिनीको सहयोग छ आज म यो ऐतिहासिक घडीमा म सम्पूर्ण टाेखा नगरवासी प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु भन्नुभयो। साथै यो
    ऐतिहासिक नगरी टोखाको मौलिक पहिचान कला संस्कृति सिंगो टोखा नगरपालिकाको सम्पति भएकाले त्यसलाई जीवन्तता तुल्याइ राख्नका लागि दिनरात अहोरात्र खति आफ्नो जीवनसमेत त्यसैमा समर्पित गरेका व्यक्तित्वहरुको सम्मान तथा हैसला प्रदान गर्न टोखा नगरपालिका सदैव अघि बढन तयार छु।” भन्नुभयो ।

    टाेखा सांस्कृतिक संरक्षित क्षेत्रको अक्षयकोषमा नगरप्रमुख प्रकाश अधिकारीले कार्यक्रममा टाेखा नगरपालिकाले अक्षयकोषमा रु १ करोडदिने घोषणा गर्नुहुदै आवश्यक परेको खण्डमा सो रकमलाई बढाएर ५ करोडसम्म पुर्‍याउनु पर्ने भन्दै यसका लागि सबै सहकार्य गर्दै अघि बढ्न समेत आग्रह गरेका थिए ।

    कार्यक्रम नेवाः गुथि तोखाका अध्यक्ष देवराज डंगोलको सभापतित्वमा सम्पन्न भएको थियोे भने नेवाः गुथि तोखाका सचिब रमेश नापितले कार्यक्रम संचालन गर्नुभएको थियो।

    नेपाल सम्वत् ११४१ को अवसरमा नेवाः गुथि तोखा र टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितको संयुक्त आयोजना भएको न्हुदँ लसकुस शुभकामना आदानप्रदान तथा साँस्कृति खलः पुचःलाई रकम हस्तान्तरण कार्यक्रममा टाेखाका विभिन्न खलपुच:हरु , टाेखा नगरपालिकाका वडा १ , २ र ३का जनप्रतिनिधिहरु र संस्कृति   प्रेमिहरुको उपस्थिति रहेको थियोे ।

     

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै