• TOKHA LIVE

    • २९ कार्तिक २०७७, शनिबार १५:४२

    टोखा संस्कृति संरक्षित क्षेत्रदेखि विष्णुमति करिडोर सम्म विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न :-

    टाेखा लाइभ कार्तिक २९

    नेपाल संम्बत ११४१ हुँदया भिन्तुनाको उपलक्ष्यमा चियापान कार्यक्रम एवं टोखा संस्कृति संरक्षित क्षेत्रदेखि विष्णुमति करिडोर सम्म विषयक अन्तरक्रिया कार्यक्रम आज टोखा नगरपालिका वडा नं. ३ को कार्यालय सभाहलमा सम्पन्न भएको छ। टाेखा संस्कृति सम्पदा संरक्षण दबुको आयोजनामा सम्पन्न भएको कार्यक्रममा विष्णुमति करिडोर सरोकार समितिको सह आयोजनामा भएको उक्त कार्यक्रम संस्कृति संरक्षण दबुका मनिराज डंगोलको अध्यक्षतामा विभिन्न प्रस्तावमा छलफल एवं कार्यपत्र प्रस्तुत, उपसमिति( युवा र जेष्ठ नागरिक) गठन र परिचालनको साथै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विष्णुमति करिडोर सरोकार समितिका अध्यक्ष हरिदास श्रेष्ठले तयार पार्नुभएको कार्यपत्र स्वयंले प्रस्तुत गर्नुभएको कार्यपत्रमा सांस्कृतिक सम्पदा र पर्यटकीय नगरीको सम्भाव्यतामा टोखा नगरपालिका वडा न ३ अन्तर्गत योजना हरुमा पर्ने विष्णुमती खोला करिडोर र सपना तीर्थ खोला करिडोर ,भुटखेल व्यवस्थापन, झुडाेल म्यूजिकल वाटर फाउन्टेन , मनकामना धार्मिक पार्क ,च:र”वामुख्वा बस्ती व्यवस्थापन :-

     

    टोखा नगरपालिका वडा नम्बर २ अन्तर्गत पर्ने योजनाहरुमा क्वा:खलमा संग्रहालय र मौलिक नृत्य प्रशिक्षण घर,सपनतिर्थ मन्दिर परिसर मां बालउद्यान निर्माण ,चण्डेश्वरी मन्दिर परिसर चिया बगान, पिकनिक् स्थल निर्माण , चण्ड्ेस्वरी माथिको ठूलो ढुङ्गा , चण्डेश्वरी बिष्णापबाट बाघद्वार ट्रेकिङ रूट:

    टाेखा नगरपालिका वडा न १ विकासमा सम्भावित योजना हरुमा बौडेश्वर झरना एवं क्यानोइङ को सम्भावना ,महांकाल मन्दिरको विकास एवं जलेश्वर झरना प्रवर्द्धन, तरकारी भण्डार,  झाेरबाट भञ्ज्याङ् सम्म केबुलकार ,होटल व्यवसाय र होमस्टे को सम्भावनाको बारेमा प्रस्तुत गरिएको कार्यपत्र माथि राजनीतिककर्मी राधेश्याम श्रेष्ठ एवं वातावरणविद् मोहन बिक्रम श्रेष्ठ लगायतले टिकाटिप्पणी गरी सल्लाह र सुझाव प्रदान गरि कार्यपत्रलाई अझ परिस्कृत गरी स्थानीय सरकारलाई कार्यान्वयनका लागि पहल गर्ने निर्णय गरियो।

    टाेखा संस्कृति संरक्षित क्षेत्रदेखि बिष्णुमति करिडोरसम्म विषयक अन्तरक्रिया छलफलमा टोखा नगरीमा पर्यटन संस्कृति सम्पदा संरक्षण गरी टोखा नगरीको विभिन्न सम्भाव्यताहरुलाई विकास निर्माणमा युवा र जेष्ठ नागरिक उपसमिति पनि गठन गरिएको थियो।
    उक्त युवा उपसमितिमा राजु श्रेष्ठको संयोजकत्वमा गठन भएको उपसमितिमा सचिवमा मनोज डंगोल सदस्यमा पुर्णमान श्रेष्ठ,मोहनकृष्ण श्रेष्ठ ,सविन श्रेष्ठ र सागर श्रेष्ठ चयन भएको थियो भने जेष्ठ नागरिक उपसमितिमा सरस्वती गाविस पूर्व अध्यक्ष नवराज श्रेष्ठको संयाेजकत्वमा गठन भएको उपसमितिमा सचिवमा राधेश्याम श्रेष्ठ, सदस्यहरुमा धुर्वराज जोशी , रामकृष्ण डंगोल र कृष्णगोपाल श्रेष्ठलाई चयन गरिएको थियो ।

     

    छलफलमा टाेखा नगरीमा भएका सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्दै हाल भएको ऐतिहासिक सम्पदाको मर्मलाई जीवन्त दिँदै जानुपर्छ ऐतिहासिक स्थलहरु जोगाउनु पर्छ भन्दै नेपाल सम्बत ११४१ न्हुँ दँया भिन्तुना तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान गरियो।

    कार्यक्रममा टाेखा संस्कृति संरक्षण दबुका अध्यक्ष मणिराज डङ्गोलले कार्यक्रमको मर्म बुझी आउनु भएका महानुभावलाई स्वागत व्यक्त गर्दै यो राष्ट्रको समृद्धि ,टाेखा नगरपालिकाको समृद्धि , वडाको समृद्धिले जे भने पनि हामीले व्यक्तिबाटै सुरु गर्नुपर्छ तपाई हामी नै जिम्मेवार हुनुपर्छ समृद्धिको प्रमुख स्रोत भनेको तपाई हामी व्यक्तिहरुले नै टेक्ने धरातल हामी जहाँ हामी जुन धरातलमा उभिएका छौं त्यो धरातल समृद्धिको स्रोत जाेडिनु पर्छ र समृद्धिको स्रोतको रूपमा अगाडि एक एक पाइला हुँदै अघि बढ्नुपर्छ अनि मात्रै समृद्ध राष्ट्र बन्छ भन्दै उपस्थितिहरुमा धन्यवाद ज्ञापन गर्नुभयो।

    कार्यक्रममा दीपकराज जोशीले बिटेका ३ वर्ष भित्र तीन चारवटा चुनौतीपुर्ण देखिने गरी काम गर्‍यौं अब बाकी रहेको डेढ वर्षमा अबको उत्तरदायित्व भनेको हाम्रो योजना भनेको सामाजिक विकास ऐतिहासिक जोगाउनु छ सम्पदा जोगाउनु छ सामाजिक विकासमा जाेड दिनु नितान्त मेरो अवको योजना रहन्छ। पूर्वाधार विकासलाई निरन्तरता दिनेछु र सामाजिक विकासलाई टोखा नगरपालिकाले बनाएको टोखा संस्कृति संरक्षण क्षेत्र विकास समिति, टोखा संस्कृति संरक्षण दबू, नेवा गुठी तोखा, विष्णुमति करिडोर सरोकार समिति र अहिले हाल गठन भएका विभिन्न समिति उपसमितिहरुसँग समन्वय गरेर आवश्यकता के हो त्यसको आधारमा अगाडि बढ्नेछु भन्नुभयो।

    कार्यक्रममा टाेखा संस्कृति संरक्षण दबुका अध्यक्ष मनिराज डंगोल लगायत दबुको पदाधिकारीहरु, विष्णुमति करिडोर सरोकार समितिका अध्यक्ष हरिदास श्रेष्ठ ,टोखा नगरपालिका वडा न २ का अध्यक्ष दिपकराज जोशी, राजनीतिककर्मी समाजसेवी राधेश्याम श्रेष्ठ ,टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ , पूर्व सरस्वती गाविस अध्यक्ष नवराज श्रेष्ठ, चण्डेश्वरी निर्माण समितिका अध्यक्ष ध्रुवराज जोशी , स्काउट प्रशिक्षक हरिकृष्ण महर्जन लगायत संस्कृति प्रेमीहरूको उपस्थिति रहेको थियो।
    कार्यक्रमलाई  नवीन श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो।

     

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै