• TOKHA LIVE

    • २८ कार्तिक २०७७, शुक्रबार १३:५६

    टाेखाराेडमा ‘ ए लेभल डिपार्टमेन्ट स्टाेर ‘ चौथो शाखाको टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलद्वारा उद्घाटन:-

    टाेखा लाइभ कार्तिक २८

    टाेखा नगरपालिका वडा ६ स्थित टाेखाराेड हरियाली वस्तीमा ‘ ए लेभल डिपार्टमेन्ट स्टाेर ‘ चौथो शाखाको आज एक कार्यक्रमका बिच प्रमुख अतिथि टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले उद्घाटन गर्नुभएको छ । सुपरमार्केटमा प्रतिस्पर्धात्मक विश्व बजारमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै पूर्ण पारिवारिक वातावरणमा गुणस्तरीय सेवा उपलब्ध हुने सञ्चालकहरुको दाबी छ ।

    ए लेभल डिपार्टमेन्ट स्टाेरका अध्यक्ष सानुबाबु श्रेष्ठले
    उपभोक्ताको सन्तुष्टको साथसाथै स्वास्थ्यको पनि ख्याल गर्नु दायित्व भएकोले लोकल र अर्गानिक उपभोग्य बस्तुलाइ प्राथमिकतामा राखेको बताउदै सहरमा लोकल र अर्गानिक बस्तु उपभोक्ताहरुले उपभोग गर्न नसक्दा नेपालीहरुले सुगर, प्रेसर,कोलेस्ट्ाेल जस्ता रोगहरु जतिपनि छन् ती अखाद्य बस्तुबाटै आएको मनन गर्दै त्यसो हुन नदिन ‘ए लेभल डिपार्टमेन्ट स्टाेरले गाउँका कृषकको वास्तविक मूल्यमा लोकल र अर्गानिक सामान बारीबाटै उठाएर सर्वसुलभ मुल्यमा बिक्रीवितरण गर्ने लक्ष्य रहेको संचालक अध्यक्ष सानुबाबु श्रेष्ठले बताउनु भयो।

    सुपथ मूल्यमा दैनिक उपभोग्य तथा ग्रोसरी सामान सुपरमार्केटमा उपलब्ध छन । यसका साथै सुपरमार्केटले उपभोक्ताको सहजताका लागि होम डेलिभरीको सुविधा तथा उपभोक्ताहरुले अनलाइनको माध्यमबाट सामानअर्डर तथा भुक्तानी गर्न सकिने व्यवस्था पनि गरिएको छ । सुपरमार्केटले उपत्यकामा रहेका होटल, रेस्टुरेन्ट, होस्टेल, क्याटरिङ, क्यान्टिन, खुद्रा पसल लगायतका क्षेत्रहरुमा सुपथ मूल्यमा सामान उपलब्ध गराउने लक्ष्य राखेको छ । मूल्यमा एकरुपता कायम गर्दै उपभोक्ताको आवश्यकता र माग अनुसार सहरदेखि गाउँसम्म गुणस्तरीय सामानहरु बिक्री गर्ने डिपार्टमेन्ट स्टाेरको दावी छ ।

    प्रमुख अतिथि टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले
    डिपार्टमेन्ट स्टाेरले एकै ठाउँबाट खाद्यान्न, ग्रोसरीका खाद्य सामग्री घरमै उपलब्ध गराउने गरी सुपरमार्केट सञ्चालनमा आउँदा उपभोक्ताहरु लाभान्वित हुने बताउदै उहाँले टाेखा नगरपालिकामा दिदीबहिनीले पनि  उत्पादन  गरेका लोकल अर्गानिक घरेलु खाद्यान्न सामग्रीहरु जतिपनी छन् ति बस्तुहरु यस्ता डिपार्टमेन्ट स्टाेरले पहिचान गर्न सकेको खण्डमा बजारको मूल्य पाई दिदीबहिनीलाई केही हद सम्म आर्थिक अभिवृद्धि भै आत्मनिर्भर हुने बताइन् ।

    ‘ए लेभल डिपार्टमेन्ट स्टाेरले हालसम्म डेढ करोड भन्दा बढी लगानी गरिसकेको छ भने यसै वर्ष १० वटा ब्रान्च विस्तार गर्ने लक्ष्य रहेकोेमा हाल विस्वमा फैलिरहेको काभिड-१९ का कारण ४ वटा ब्रान्चमै सिमित हुन पुगेको संचालकहरु बताउँछन् । १ लाखदेखि १० हजार सम्म शेयर सदस्य कार्ड बनाइ ५० प्रतिशत छुटको व्यवस्था गरि लोकल अर्गानिक उपभोग्य सेवामुलक सामान घरघरमै पुर्याउने  योजना रहेको संचालक अध्यक्ष सानुबाबु श्रेष्ठले बताए ।

    व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा डिपार्टमेन्ट स्टाेर सञ्चालनमा आएको सुपथ मुल्यमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउने उद्देश्य सहित हाल ‘ ए लेभल डिपार्टमेन्ट स्टाेरले  सुर्य दर्शन हाईट ( हेड अफिस ) काठमाडौंको टाेखा राेडको शुभहोम्स गेट , बालुवापाटी बानियाँटार, र टाेखाराेड हरियाली वस्तीमा गरि चार वटा डिपार्टमेन्ट स्टाेर सञ्चालनमा आएको छ ।

    ‘ ए लेभल डिपार्टमेन्ट स्टाेरले १ हजार रुपैयाँ भन्दा बढीको सामान उपभोक्ताहरुले अनलाइनको माध्यमबाट सामानअर्डर खरिद गर्ने ग्राहकलाई घरघरमै सामान पुर्याउने व्यवस्था भएको ‘ ए लेभल डिपार्टमेन्ट स्टाेर प्रा.लिका सञ्चालक काेषाध्यक्ष सुरज डंगोलले बताए।

    उद्घाटन कार्यक्रममा प्रमुख अतिथि टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोल, मुक्तिनाथ विकास बैंक टाेखा शाखाका ब्रान्च मेनेजर  दिनेश पन्त , ए लेभल डिपार्टमेन्ट स्टाेरका अध्यक्ष सानुबाबु श्रेष्ठ , उपाध्यक्ष नवीन श्रेष्ठ , काेषाध्यक्ष सुरज डंगोल,सचिव अनिल श्रेष्ठ ,सदस्य सुनिल श्रेष्ठ सदस्य बिक्रम श्रेष्ठ लगायत ब्यापारी , राजनीतिककर्मी , समाजसेवी , उपभोक्ता र स्टाेरका कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै