• TOKHA LIVE

    • २७ कार्तिक २०७७, बिहीबार ०२:२७

    टोखा नपा ९ मा सिसि क्यामेराको नगरप्रमुख अधिकारीद्वारा उद्धघाटन सम्पन्न :-

    टाेखा लाइभ कात्तिक २७ , काठमाडौं ।

    टोखा नगरपालिका  वडा नं. ९ स्थित कार्यालय नजिकै रहेको प्रहरि वृत्तमा सिसि क्यामेराको नगर प्रमुख प्रकाश अधिकारीद्वारा उद्धघाटन सम्पन्न भएकोे छ।   उक्त कार्यक्रममा टाेखा नगरपालिका वडा नं. ९ का जनप्रतिनिधिहरुको उपस्थिति समेत रहेको थियो ।

     

    विष्णुमति करिडोर क्षेत्र बसपार्कदेखि बानियाँटार सम्म जाने सडकमा क्राइम अत्यधिक हुने क्षेत्र भएकोले टाेखा ९ वडाको ५ लाख बजेटमा विष्णुमती करिडोर क्षेत्रमा ९ ओटा क्यामेरा जडान गरी प्रहरि कार्यालयमा रेकर्ड राखिएको हो।

    कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख  प्रकाश अधिकारीले टोखा नगरपालिकाको प्रत्येक वडाको गल्ली–गल्लीमा अब सिसि क्यामेरा र मेयर उज्यालो कार्यक्रम सञ्चालन हुन लागेको बताउनुभयो । नगर प्रमुखका अनुसार टोखामा पूर्वाधार विकासका कार्यक्रम लगभग अन्तिम–अन्तिम चरणमा पुगेकाले अब सामाजिक विकासमा जोड दिने टाेखा नगरपालिकाको लक्ष्य रहेको बताउदै  यो स्थानीय सरकार आएको साँढे ३ वर्षे कार्यकालमा टोखामा जनताका अपेक्षाहरु मध्ये ७०–७५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने अबको बाँकी डेढ वर्षमा पूर्वाधार विकास र सामाजिक विकासमा जोड दिने टाेखा नगरपालिकाको योजना रहेको बताउनुु भयो ।

    टोखामा प्रत्येक वडामा एउटा–एउटा पार्क निर्माण भइरहेको छ । ढलमुक्त नगरपालिका बनेको छ । खानेपानीको समस्या समाधान हुने भएको छ । टोखा ९ नं. वडाको प्रशासनिक भवन साँढे ४ करोडमा निर्माण हुँदैछ । वडा भित्रका कुनैपनि गल्लीहरु कच्ची र फोहोर मुक्त बनाउन नगरपालिका लागिरहेको छ । कोरोना महामारीमा चीनको तिव्वतको नाङ्सु सिटि नगरपालिकाबाट १ करोड ६० लाखभन्दा बढिको स्वास्थ्य सामाग्री ल्याउन नगरपालिका सफल भएको छ । जसले गर्दा टोखा नगरपालिकामा स्वास्थ्य सामाग्री किन्न परेको छैन ।

    हाल टाेखा नगरपालिकाको योजनामा १० लाख बजेटमा सडक बत्तिको कामको लागि मेयर उज्यालो कार्यक्रम सुरु हुने तयारी भईरहेको छ। जस्को लागि नगरपालिकाले टेेेेन्डर अाव्हान  गरिसकेको छ भने तिहार लगत्तै वडा स्तरीय बजेटबाट पनि बत्ति राख्ने कार्यक्रम सुरु हुदैैैछ । प्रहरी  बिट व्यवस्थापनमा वडा कार्यालय र टाेखा नगरपालिकाले सहयोग गर्दै आएको छ ।

     

    टोखा वडा नं. ९ भित्र पूर्वाधार विकासमा ८० प्रतिशत काम सप्पन्न  भएको टाेखा ९ वडाका अध्यक्ष जेपी नेपालले अहिले विष्णुमति करिडोरमा ९ ओटा मात्र सिसि क्यामेरा राखिएपनि अब ४ ओटा क्यामेरा थप गर्दा वडा भित्रका विष्णुमति करिडोरको सुरक्षा व्यवस्थालाई मजवुत बनाउन सकिने बताउनुु भयो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै