टाेखा लाइभ /नविना श्रेष्ठ
कार्तिक २५,२०७७
टोखा नगरपालिकामा पछिल्लाे २४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै छ संक्रमण संक्रमितको संख्या २८११ जना पुगेको छ। कोरोना भाइरस संक्रमण बाट निको भएका मानिसहरुको सख्या २३७२ जना रहेको छ। हाल सम्म सक्रिय संक्रमित संख्या ४३१ जना रहेको र मृत्यु
हुनेको संख्या ८ जना पुगेका छन्।
संक्रमित रहेका महिला सख्या ११९६ जना रहेको र पुरुष सख्या १६१५ जना रहेका छन्।
टोखा नगरपालिका वडा गत विवरण अनुसार संक्रमित महिला सख्या २९ जना रहेको र पुरुष सख्या ३७ जना रहेका छन्।
होम आइसोलेसनमा ६० जनाको र अस्पतालमा ५ जना मात्र रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
कार्तिक २४ गतेको वडा गत विवरण अनुसार संक्रमित वडा नं २ मा १ जना
वडा नं ३मा १७ जना, वडा नं ४ मा ७ जना, वडा नं ५ मा ५ जना, वडा नं ६ मा ९ जना, वडा नं ७ मा ८ जना, वडा नं ८ मा १० जना, वडा नं ९ मा १ जना, वडा नं १० मा ४ जना, वडा नं ११ मा ३ जना रहेका छन्। १ जना सम्पर्क विहिन भएका छन्।
हाल सम्म कुल PCR परिक्षण गरिसकेका हरुको सख्या ६२७३ जना रहेको र कार्तिक २४ गते सम्म कुल PCR परिक्षण गरेकाहरु २१८ जना रहेको छ।
तिलिङटार मा. वि मा ५५ जना, र राम मन्दिर वडा नं ७ मा १६३ जनाले कन्ट्याक्ट ट्रेसिङमा PCR परिक्षण गरेका थिए।
CICT Team ले ६६ जनाको case Investigation गरेको छ। हाल सम्म कुल सम्पर्क परिक्षण कन्ट्याक्ट ट्रेसिङ मा ३९१९ जना ले गरेका छन्। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनमा नयाँ थप १ जना भर्ना सहित ८ जना कोरोना सङ्क्रमित रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन् ।

