टाेखा लाइभ कार्तिक २४
नेवा : गुथि टाेखाको बृहत छैठाैं अधिबेशन हुने भएको छ।
आज बसेकोो बैठकले मङ्सिर ६ गते शनिबार हुने बृहत छैठाैं अधिबेशनको लागि टाेखा नगरपालिका वडा २ स्थित सपनतिर्थ मन्दिर परिसरमा बिहान १०:३० देखि अधिबेशन सुरुहुने तय भएको छ। नेवा : गुथि टाेखाको कार्यालय टाेखा नगरपालिका वडा २ स्थित तलेजु मन्दिर परिसरमा आज नेवा : गुथि टाेखाका अध्यक्ष देवराज डंगोलको अध्यक्षतामा बसेको केन्द्रिय बैठकले नेपाल संम्वत ११४१ भिन्तुना कार्यक्रमको साथै मङ्सिर ६ गते हुने बृहत छैठाैं अधिबेशनको अन्तिम तयारी वारेमा पनि बैठकमा बृहत छलफल भएको थियोे ।
नेवा : गुथि टाेखाले हाल विस्वभर फैलिएको महामारी कोभिड -१९ का कारण यस्पाली नेपाल संम्वत ११४१ न्हुदंया भिन्तुनाका दिन वर्षेनि गर्दै आइरहेको सांस्कृतिक र्यालि झाकि सहितको सांस्कृतिक कार्यक्रम पनि स्थगित गरिएको छ। भने
सोही दिन सामान्य कार्यक्रम आयोजना गरि तलेजु परिसरमा सांस्कृतिक बाजागाजाहरुलाइ दिदै आइरहेको रकम खल:पुच:हरुलाइ सामाजिक दुरि कायम गरि वितरण गरिने नेवा : गुथिका महासचिव रमेश नापितले बताउनु भयो।
बैठकमा नेवा : गुथि टाेखा बर्तमान अध्यक्ष देवराज डंगोलले आफ्नो कार्यकालमा आफ्नो नाम जोडिएर २/३ वटा छुट्टाछुट्टै टाेखामा नेपाल संम्वत भिन्तुना मनाउने कारणले गर्दा यस्तो बिचलन नआओस् भनी आफुले अध्यक्ष पदबाट पछि हटेको मनन गर्दै यदि म एक व्यक्ति कारणले छुट्टाछुट्टै भलो हुने भए आफुपदबाट किन पछि नहट्ने भन्ने मनसायले आफू अध्यक्ष पदबाट पछि हटेको बताउदै तर यो पद बाट हटे पनि नेवा : गुथि टाेखाले जिम्मेवारी जे दिएपनी नेवा गुथि जिवन्त रहेसम्म आफुले आर्थिक, भौतिक र बौद्धिक क्षमताले भ्याएसम्म निरन्तर साथ र सहयोग गरिरहने निबर्तमान अध्यक्ष देवराज डंगोलले वचन दिनुभयो।

नेवा : गुथि टाेखाका उपाध्यक्ष सत्यनारायण डंगोलले आउदो अधिबेशनमा नेतृत्व गर्ने साथीहरूले गृहकार्य गरि हामी मध्ये हिजो दु:ख गर्ने साथीहरूले नेतृत्व गरेमा नेवा: गुथिको अझै उत्थान हुने बताउनुभयो ।

नेवा : गुथि टाेखाको हाल आफ्ना टाेखा नगरपालिका भित्रका विभिन्न संघसंस्था खलपुच :हरुको प्रतिनिधिहरु ५५ केन्द्रिय सदस्यहरू रहेका छन् । साथै नेवा : गुथि टाेखाले संघसंस्था खलपुच :हरुको प्रतिनिधिहरुलाई अधिबेशनको लागि मङ्सिर ३ गते सम्म नाम पठाउन समेत सदस्यहरुमा नेवा : गुथिले पत्र मार्फत अनुरोध गर्ने महासचिव रमेश नापितले बताउनु भयो।

बैठकमा नेवा : गुथि टाेखाका काेषाधयक्षद्वय,हेराकाजी डंगोल,रामलाल महर्जन नेवा : गुथि टाेखाका सल्लाहकार अष्ट नारायण डंगोल,सल्लाहकार गणेशमान श्रेष्ठ ,सदस्य राजेन्द्र श्रेष्ठ , सदस्य सुशान्त डंगोल , सदस्य हरिबहादुर श्रेष्ठ ,सदस्य सिद्धिलाल महर्जन लगायतले नेवा : गुथि टाेखाको चर्चा गर्दै आ-आफ्ना धारणा राख्नु भएको थियो।

साथै बैठकमा सिन्धुपाल्चोक बार्हबिसेमा पहिरोमा परि विचलित भएका नेवा: बस्तीका परिवारलाई राहत प्रदान गर्नको लागि नेवा : गुथि टाेखाले आफ्ना सदस्यहरुबाट प्रतिव्यक्ति रकम एक हजार दरले उठेको हाल २१ हजार पाँच सय पुगेको बाकी रकम पनि संकलन गरेर छिट्टै सम्बन्धित परिवारलाई राहत हस्तान्तरण गर्ने नेवा : गुथि टाेखाका काेषाधयक्ष हेराकाजी डंगोलले बताए।
नेवा : गुथि टाेखाको बैठकमा अध्यक्ष देवराज डंगोल ,उपाध्यक्ष सत्यनारायण डंगोल , महासचिव रमेश नापित ,
काेषाधयक्षद्वय,हेराकाजी डंगोल,रामलाल महर्जन , सचिव प्रकाश डंगोल ,सदस्य राजेन्द्र श्रेष्ठ , सदस्य सुशान्त डंगोल,सदस्य सुर्यमान डंगोल , सदस्य हरिबहादुर श्रेष्ठ ,सदस्य सिद्धिलाल महर्जन ,सदस्य बुद्धिलाल महर्जन ,सदस्य यमुना नकर्मी , सदस्य महेस्वरी डंगोल ,सदस्य सतिदेवी डंंगोल ,सदस्य पञ्च नारायण श्रेष्ठ र सल्लाहकार अष्ट नारायण डंगोल,सल्लाहकार गणेशमान श्रेष्ठ ,सल्लाहकार माइला डंगोल लगायत बैठकमा उपस्थिति रहेको थियो।

