टाेखा लाइभ कार्तिक २३, काठमाडौं
टाेखा नगरपालिकामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २७४५ पुगेको छ।
कार्तिक २२ गतेको तथ्यांक अनुसार ११६५ महिला र १५८० पुरुष रहेका छन् । निको हुनेहरुको संख्या २३१९जना रहेका छन् । अहिलेसम्म ८ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या ४१८ जना पुगेका छन् ।
त्यस्तै टाेखा नगरपालिका वडा न १ मा कोरोना संक्रमितको संख्या ४४ जना पुगेको छ भने सक्रिय संक्रमित ५ जना र निको हुनेको संख्या २९ जना,
वडा नं. २ मा कोरोना संक्रमितको संख्या १०२ जना,सक्रिय संक्रमित १० जना र ९२ जना निको भइसकेका छन् ।
वडा नं. ३ मा संक्रमितको संख्या ३४ जना जसमा १८० जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५७ जना र १ जनाको मृत्यु भएका छन् । वडा नं. ४ मा संक्रमितको संख्या २०२ जना जसमा १६५ जना निको भएका छन् । १ जनाको मृत्यु भएका छन् । यस्तै वडा नंं. ५ मा संक्रमितको संख्या २६२ जना जसमा २२२ जना निको भएका छन् । सक्रिय संक्रमित ४० जना रहेको छ।
वडा नं. ६ मा २८९ जनामा कोरोना संक्रमण देखिएको छ भने २४८ जनाको निको भएको छ । ३९ जना सक्रिय संक्रमित र २ जनाको मृत्यु भएको छ ।
वडा नं. ७ मा ३४० जनामा कोरोना संक्रमण देखिएको छ जसमा २६८ जना निको भएका छन् । ७१जना सक्रिय संक्रमित रहेको छ भने १ जनाको मृत्यु भएका छन् ।
वडा नं. ८ मा ३१७ जना कोरोना संक्रमण देखिएको छ ।
सक्रिय संक्रमित ४३ जना र २६३ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । वडा नं. ९ मा १६५ जना कोरोना संक्रमण र निको हुनेको संख्या १३९ पुगेको छ । सक्रिय संक्रमित २४ जना र २ जनाको मृत्यु भएको छ। वडा नं. १० मा २३८ जना कोरोना संक्रमित जसमा १९३ जना निको भएका छन् । भने सक्रिय संक्रमित ४५ जना रहेको छ।
वडा नं. ११ मा २१४ जना कोरोना संक्रमित देखिएको छ। जस्मा १८१ जना निको भएका छन् र सक्रिय संक्रमित ३३ जना रहेको छ ।
टाेखा नगरपालिकामा पछिल्लो २४ घण्टामा ३१महिला र ३२ पुरुष गरी ६३ जनामा कोरोना पुष्टि भएको टाेखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकि छिन् ।
टाेखा नगरपालिकाले अहिलेसम्म ६०५५जनाको पिसिआर परिक्षण गरेको छ । टाेखा नगरपालिकामा ३९० जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालको आइसोलेसनमा १६ जना रहेका छन् । हराइरहेका १२ जना रहेका छन् भने ४ जना सम्पर्क विहिन भएको उपप्रमुख ज्ञान माया डंगोलले बताएकि छिन् ।

