नेपालभाषाको सर्वाधिक चर्चित लोक गीत राजमति कुमति जिके वःसा पिरतिकाे लेडिज भर्सनमा नयाँ गित सार्वजनिक भएकाे छ ।ऐतिहासिक लोकगीतको दर्जामा राखिएको यस गीतलाई कुनै समय जङ्गबहादुर राणको बेलायत भ्रमणको बेला नेपालको राष्ट्रिय गानका रुपमा बजाइएको एतिहासमा उल्लेख गरिएको छ । जसमा गोल्डेन भ्वाइस अफ नेपाल भनेर चिनिनुहुने प्रेमध्वज प्रधानको स्वरमा रेकर्ड गरिएको थियो ।जस्मा संगीत न्ह्यु बज्राचार्यको रहेको थियो भने सो गित जनकवि दुर्गालाल श्रेष्ठले रचना गर्नुभएको थियो ।पछि सेतुराम , भिम तुलाधरको स्वरमा पनि रेकर्ड गरिएको थियो ।यो म्युजिक भिडियोको निर्देशनको साथमा गीतको रचना पनि पवन जोशीको रहेको छ भने छायाङ्कन र दृश्य सम्पादन राजेश शाक्यले गरेका छन् ।
सो गितको म्युजिक भिडियोलाई स्तरीय बनाउन काठमाडौं उपत्यकाको ऐतिहासिक नगरी कीर्तिपुरको विभिन्न स्थानमा गीतको छायाङ्कन गरिएको थियो । लोक लयमा आधारित गीतको संगीत संयोजन संगीतकार अनिल तुलाधरले गरेका छन् ।
हाल यसै गीतको नारी संस्करणको रुपमा गायिका अगिना तण्डुकार शाहीको स्वरमा राजमति कुमति गीतको म्युजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा गायिक अगिनाले पनि अभियन गरेकी छिन् भने रोशन शाक्य र दृष्टि जोशीको मुख्य भूमिका रहेको छ । दृष्टिले यसै म्युजिक भिडियोबाट डेब्यु गरेकी छिन् ।
गितको भिडियो हेर्न click गर्नुहोस् :-




