• TOKHA LIVE

    • २० कार्तिक २०७७, बिहीबार २१:४०

    टोखा नगरपालिकामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५९४ पुग्यो।

    टाेखा लाइभ / नविना श्रेष्ठ
    कार्तिक २०,२०७७

    टोखा नगरपालिकामा पछिल्लाे २४ घण्टामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टिभए संगै संक्रमितको संख्या २५९४ पुगेको छ। हाल सम्म कोभिड-१९ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ जना पुगेका छन्।

    टोखा नगरपालिकाको पछिल्लो विवरण अनुसार संक्रमित महिला सख्या १०९९ जना रहेको र पुरुष सख्या १४९५ जना रहेका छन्। भने हाल सम्म कोभिड-१९ कोरोना भाइरस संक्रमणबाट निको भएका मानिसहरुको सख्या २९८८ जना पुगेका छन्।

    हाल कार्तिक १९ गते वडा गत विवरण अनुसार संक्रमित महिला सख्या ३२ जना रहेको र पुरुष सख्या २९ जना रहेका छन्। भने होम आइसोलेसनमा ५८ जना रहेको र अस्पतालमा १ जना रहेका छन्।

    टोखा नगरपालिकाको वडा गत विवरण अनुसार वडा नं १ मा १ जना
    वडा नं २ मा ७ जना
    वडा नं ३ मा ६ जना
    वडा नं ४ मा ६ जना
    वडा नं ५ मा ८ जना
    वडा नं ६ मा १२ जना
    वडा नं ७ मा ९ जना
    वडा नं ८ मा १ जना
    वडा नं ९ मा १ जना
    वडा नं १० मा ६ जना
    वडा नं ११ मा २ जना रहेका छन्। भने २ जना सम्पर्क विहिन भए सँगै जम्मा संक्रमित सख्या ६१ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    CICT Team ले ६१ जनाको case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनमा कोरोना सङ्क्रमित ३ जना रहेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै