• TOKHA LIVE

    • १९ कार्तिक २०७७, बुधबार १३:०६

    टाेखा नगरपालिकामा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५३३ जना पुग्यो।

    टाेखा लाइभ/ नविना श्रेष्ठ
    कार्तिक १९ ,२०७७

    टाेखा नगरपालिकामा थप ५८ जना कोरोना संक्रमण पुष्टिभए संगै संक्रमितको संख्या २५३३ जना पुगेकाे छ।

    टोखा नगरपालिकाको विवरण अनुसार हाल सम्मको महिला सख्या १०६८ जना रहेको र पुरुष सख्या १४६५ जना रहेका छन्। सकृय संक्रमित सख्या ४४२ जना रहेको र संक्रमित सख्या मध्ये निको हुनेको संख्या २०८३ जना पुगिसकेका छन्।

    कोभिड-१९ नोबेल कोरोना भाइरस संक्रमण भएका वडा गत विवरण अनुसार संक्रमित महिला सख्या २४ जना रहेको र पुरुष सख्या ३४ जना रहेका छन्। होम आइसोलेसनमा ५६ जना रहेको र अस्पतालमा ५ जना मात्र रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    कार्तिक १८ गतेको वडा गत विवरण अनुसार संक्रमित रहेका वडा नं ३ मा ११ जना रहेका छन्। भने
    वडा नं ४मा ६ जना
    वडा नं ५मा ३ जना
    वडा नं ६मा ६ जना
    वडा नं ७मा १३ जना
    वडा नं ८मा ६ जना
    वडा नं ९मा २ जना
    वडा नं १०मा ५ जना
    वडा नं ११मा ६ जना रहेका छन्।

    हाल सम्म कुल PCR परिक्षण गरेका हरुको सख्या भने ६०१३ जना रहेका छन्। कार्तिक १८ गते ४३ जनाले PCR परिक्षण गरेका थिए।
    कुल सम्पर्क मा परिक्षण गर्ने हरुको सख्या ३८१० जना पुग्यो।

    CICT Team ले ५८ जनाको case Investigation गरेको छ।
    हाल टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा जम्मा २ जना संक्रमित मात्र रहेको टोखा नगरपालिका उपप्रमुख डंगोलले बताएकी छिन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै