• TOKHA LIVE

    • १८ कार्तिक २०७७, मंगलवार १९:४०

    टोखा नगरपालिकामा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४७५ पुग्यो।

    टाेखा लाइभ / नविना श्रेष्ठ
    कार्तिक १८,२०७७

    टोखा नगरपालिकामा पछिल्लो २४ घन्टामा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २४७५ पुगेको छ।

    टोखा नगरपालिकाका वडा गत विवरण अनुसार संक्रमित महिला सख्या ३२ जना रहेको र पुरुष सख्या ३७ जना रहेका छन्। होम आइसोलेसनमा ६३ जना रहेको र अस्पतालमा ५ जना रहेका छन्।

    टोखा नगरपालिका वडा गत विवरण अनुसार हाल सम्मको सकृय संक्रमित सख्या वडा नं २मा ४जना
    वडा नं ३ मा ७जना
    वडा नं ४ मा ८जना
    वडा नं ५ मा ५जना
    वडा नं ६ मा ६जना
    वडा नं ७ मा ९जना
    वडा नं ८ मा ३जना
    वडा नं ९ मा ९जना
    वडा नं १० मा ८जना
    वडा नं ११ मा ११जना रहेका छन् भने १ जना सम्पर्क विहिन भएका छन्।

    नगरपालिकाको विवरण अनुसार कोरोना भाइरस संक्रमित भएका मानिसहरू संक्रमण बाट निको हुनेको संख्या २००८ जना पुगिसकेका छन्। टोखा नगरपालिका भरीमा हाल सम्म सकृय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको सख्या ४३० जना रहेका छन्। जसमध्ये अस्पतालमा २० रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    CICT Team ले ६९ जनाको Case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनमा अहिले सम्म को संक्रमित सख्या २ जना मात्र रहेको टोखा नगरपालिका उपप्रमुख डंगोलले बताएकी छिन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै