• TOKHA LIVE

    • १७ कार्तिक २०७७, सोमबार २१:१४

    टोखा नगरपालिकामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३७६ पुग्यो।

    टाेखा लाइभ / नविना श्रेष्ठ
    कार्तिक १७,२०७७

    टोखा नगरपालिकामा थप ४१ जना कोरोना संक्रमण पुष्टि पुष्टि भएसंगै संक्रमित सख्या २३७६ पुगेको छ।टाेखा नगरपालिकाको वडा गत विवरण अनुसार संक्रमित महिला सख्या २० जना रहेको र पुरुष सख्या २१ जना रहेका छन् भने जम्मा संक्रमित सख्या ४१ जना रहेका छन्।

    कोरोना भाइरस संक्रमण भएका संक्रमित होम आइसोलेसनमा ३८ जना रहेको र अस्पतालमा २ जना रहेका छन् भने १ जना सम्पर्क विहिन भएका छन्।

    टाेखा नगरपालिकाको वडा गत विवरण अनुसार
    वडा नं २मा १ जना ,
    वडा नं ३मा ५ जना,
    वडा नं ४मा ८ जना
    वडा नं ५ मा ४ जना
    वडा नं ६ मा ३ जना,
    वडा नं ७ मा १० जना,
    वडा नं ८ मा ३ जना,
    वडा नं १० मा ४ जना,
    वडा नं ११ मा १ जना रहेका छन् भने सम्पर्क विहिन भएका २ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    CICT Team ले ४१ जनाको Case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १ जना संक्रमित नयाँ भर्ना भएका छन्। १ जना डिस्चार्ज भएसँगै जम्मा संक्रमित सख्या ३ जना रहेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै